डाेल्पा,चाैतर्फी दवाफ र सुरक्षा चुनाैतिलाइ मध्यनजर गर्दै उपल्लाे डाेल्पामा पर्ने डाेल्पाबुद्द गाउँपालिकाकाे धाे तारापमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएकाे छ । डाेल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीका अनुसार सम्भावित सुरक्षा चुनाैतिलाइ मध्यनजर गरेर डाेल्पाेबुद्दकाे सुरक्षा व्यवस्था कडा बनाइएकाे हाे । सुरक्षामा कुनै कमी आउन दिदैनाैँ व्यापक रूपमा सुरक्षाकर्मी खटाइएकाे छ,यदि कसैले उश्रृङ्खल गतिविधि गरे कानुनी दायरामा ल्याइने उहाँकाे भनाइ छ ।
डाेल्पाेबुद्दकाे धाे तारापमा मात्रै १ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएकाे छ । सबै भन्दा धेरै नेपाल प्रहरी ६० भन्दा बढि छन् ,नेपाल शसस्त्र प्रहरी बलकाे ३० जनाकाे कमाण्डाे टाेलि लगाएत ३० भन्दा बढि नेपाली सेना रामवाण गुल्म सुलिगाडबाट खटाइएकाे हाे । नेपाल प्रहरी र शसस्त्रकाे टाेलि धाे तारापमा पुगिसकेकाे छ भने नेपाली सेनाकाे टाेलि शुत्रबार पुग्दैछ ।
डाेल्पामै डाेल्पाेबुद्द गाउँपालिकालाइ चुनाव अवधिभर संवेदनशिल क्षेत्र रूपमा हेरिएकाे छ । डाेल्पाका जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत केशवराज चपाँइले हिजाे मात्रै सबैजसाे स्थानीयतहमा निर्वाचन कार्यालयहरू स्थापना भैसके जानकारी दिनुभयाे । अव चुनावी आचार संहिता पूर्ण रूपमा लागु गर्ने तर्फ ध्यान केन्द्रीत भएकाे र डाेल्पाेबुद्दकाे हकमा विशेष ध्यान केन्द्रीत भएकाे भएकाे उहाँकाे भनाइ थियाे ।
उपल्लाे डाेल्पाका जनताले निरन्तर सुरक्षा व्यवस्था गरिदिन राज्यसँग माग गर्दै आइरहेका थिए । विशेष गरी बाहिरबाट सयाैँ युवाहरू ल्याएर सांसद धनवहादुर बुढाले जनतालाइ त्रसित बनाएकाे डरत्रासकाे अवस्था पैदा भएकाे डाेल्पाेवुद्दवासीले बताउँदै आएका छन् । सुरक्षाकर्मीकाे उपस्थितिले राहतकाे महशुस भएकाे स्थानीयवासीले बताएका छन् चुनाव अवधिसम्म यसरी नै सुरक्षा प्रदान गरे स्वतन्त्र रूपमा मतदान गर्न पाउने उनीहरूकाे आशा छ ।