spot_img

डाेल्पा कांग्रेसमा भुकम्पःमहासमिति सदस्य दिलवहादुर विष्ट र महिला संघ अध्यक्ष समेत माओवादी केन्द्र प्रवेश ( फाेटाे फिचर सहित )

spot_img

पूर्ण सार्की,डोल्पा

नेपाली कांग्रेस डाेल्पाका चर्तित तथा महासमिति सदस्य दिलवादुर विष्ट माओवादी केन्द्र प्रवेश गरेका छन् । विगत लामो समयदेखि आफ्नो जीवन नेपाली कांग्रेसको राजतिनिक यात्रा मा बिताएका दिल बहादुर विष्ट का दम्पती द्वय आइबार नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन्।

विष्टले ५ वर्ष जिल्ला पार्टी सभापति पनि चलाएका थिए। भने विष्ट की पत्नी हाल महिला संघ डोल्पा को सभापति हुन्। नेपाली कांग्रेसले पार्टीमा याेगदान गरेका मान्छेहरूकाे अवमुल्यन गरेकाे आफूलाई अपहेलना गरेको र जनमत भन्दा पुजीबादी पावर भएका मान्छे लाई अवसर दिने र विधि विधान मिचेर नयाँ नयाँ उम्मेदवार बनाइएको प्रति असन्तुष्टी जनाएका थिए। विष्ट प्रवेश कार्यक्रम मा बोल्दै गर्दा विष्टकी पत्नी आँसु पुछिरहेकी थिइन् ।

पार्टी प्रवेशमा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य रामलाल विक,कर्णाली प्रदेश सांसद विरवहादुर शाही, केन्द्रीय सदस्य कालि चलाउने लगायत सयाैँ कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे । पार्टी प्रवेश सँगै माओवादीले डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका मेयर पदमा नब प्रबेशी दिलबहादुर विष्ट सर्वसहमतिले चयन गरेर मनाेनयन प्रक्रिया समेत अगाडि बढाएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img