spot_img

गोरू काटेको निहुँमा मान्छेको हत्या हुनु धर्मनिरपेक्ष राष्ट्रको धज्जी उड्नु होः जातिय विद्यार्थी संगठन

spot_img

काठमाडौं, राज्यले आदिवासी जनजातिका सांस्कृतिक अधिकारलाई निषेध गरेको जातिय विद्यार्थी संगठनहरुले बताएका छन् । शुक्रबार एक दर्जन बढी जातिय विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती निकाल्दै आदिवासी जनजातिहरूको सांस्कृतिक अधिकारलाई कुन्ठित गर्ने कानुन तत्काल संशोधन गर्न समेत माग गरेका छन् ।

झापाको कत्लामारीमा गोरू काटेको निहुमा विवाद हुँदा गत बुधबार सशस्त्र प्रहरिले चलाएको गोलि लागेर ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको थियो । उक्त घटनाको भर्त्सना गर्दै धर्म निरपेक्ष मुलुकमा गोरु काट्दा ज्यान गुमाउनु धर्म निरपेक्ष मुलुकको नै धज्जी उडेको जातिय विद्यार्थी संगठनहरूले बताएका छन् ।

गोरू काटेको निहुँमा मान्छेको हत्या हुनु धर्मनिरपेक्ष राष्ट्रको खिल्लि उडेको किरात राई विद्यार्थी संगठनमा अध्यक्ष जितेन राईले बताए । उनले भने( ‘धर्म निरपेक्ष राष्ट्रमा गोरु काटेको निहुँमा मान्छेको हत्या हुनु धर्म निरपेक्ष राष्टको खिल्लि उडाउनु हो, यो गलत छ । सरकारले सबै जात जातिको सांस्कृतिक अधिकारलाई निषेध गर्दै जाने हो भने देश अशान्ती तिर धकेलिँदै जाने छ ।’

जातिय विद्यार्थी संगठनहरुले भनेका छन्( ‘गणतन्त्र नेपालमा गोरु काट्दा ज्यान गुमाउनु धर्म निरपेक्ष मुलुकको नै धज्जी उडेको छ । राज्यको यस्तो हर्कतले हिन्दूबादी मानसकिताको स्पष्ट रुप देखाएको छ । उक्त साम्प्रदायिक घटना प्रती संयुक्त जातिय विद्यार्थी संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।’

अझै पनि बर्गिय, जातिय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद कायमै रहेको संगठनको ठहर छ । ‘नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । विविधताबीचको एकता, सामाजिक सांस्कृतिक एकता, सहिष्णुता, नेपाली समाजको मुख्य आकर्षण पनि यहि हो । बर्गिय,जातिय,क्षेत्रीय,भाषिक, धार्मिक, लैंगिक विभेदको अन्त्य गर्दै धर्म निरपेक्ष देश भनेर संविधानको प्रस्तावनामै उल्लेख गरिएको छ । तर विभेद कायमै छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

आलमलाई गोली प्रहार गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग पनि जातिय विद्यार्थी संगठनहरुले गरेका छन् । साथै उक्त घटनाको निष्पक्ष छानबिन गरि पिडितलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्न माग पनि गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img