काठमाडौं, आसन्न स्थानीय तह निर्वाचनका लागि महानगरको मेयर र उपमेयरको उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसका शीर्षनेताहरु पार्टी कार्यालय सानेपामा छलफलमा जुटेका छन् । देशभरका ६ महानगरमा मेयर÷उपमेयरको अन्तिम टुंगो लगाउन शीर्षनेताहरु छलफलमा जुटेका हुन् ।
छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइरालालगायत छन् । बैठक सकिएलगत्तै कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेसले जनाएको छ। सत्ता गठबन्धनको निर्णयअनुसार कांग्रेसले ३ महानगर र ७ उपमहानगर पाएको छ। काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले पाएको हो। त्यस्तै, भरतपुर, वीरगञ्ज र पोखराको उपमेयर पनि पाएको छ।