डाेल्पा,चर्चित युवा नेता प्रेमबहादुर बाेहराले पनि ठुलीभेरी नगरपालिकाकाे मेयरपदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइबार नेता कार्यकर्ता र समर्थक सहित निर्वाचन अधिकृतकाे कार्यालय दुनैमा पुगेर युवा नेता बाेहाेराले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टी संगठन भन्दा फरक सुशासन,शिक्षा र विकासलाइ मुख्य मुद्दा बनाएका बाेहाेराले डाेल्पाम युवा पुस्ताकाे लडाइकाे सुरूवात गरेका छन् । जित हार अाफ्नाे ठाउँमा हाेला तर युवाकाे चुनाैंति पार्टी र बुढापाका नेतालाइ फलामका चुउरा चपाए सरह हुन पनि सक्छ । बाेहराले राजनिति क्षेत्रमा डाेल्पामा युवा लडाइकाे सुरूवात गरेका छन् । उनी लेखक समेत हुन् ।
यस्तै लिङ्गेन नेतृत्वको राष्ट्रिय प्रजातान्त्र पार्टीका केन्द्रीय सदस्य बिरमल कुमार भण्डारीले ठुलिभेरी नगरपालिकाको उप मेयर पदमा उम्मेद्वारी दिएका छन् । आइबार नेता कार्यकर्ता र समर्थक सहित निर्वाचन अधिकृतको कार्यालय दुनैमा पुगेर उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । वडा नम्वर ९ का नि.अध्यक्ष तथा चर्चित युवा नेता विमल कुमार भण्डारी उपमेयर पदका लागि यस नगरपालिकामा सबैभन्दा बढि आशा र सम्भावना देखिन्छ । पार्टीभन्दा माथि उठेर जनताले जिताउने भण्डारीकाे विश्वास छ ।
सामान्य र फरक देखिएका यी दुइ उम्मेदवारले ठुलीभेरीमा नसाेचेका प्रभाग पार्न सक्न छन् ।