spot_img

डाेल्पाकाे त्रिपुरासुन्दरीमा कसले मार्ला बाजीःअन्तिम समयमा माओवादीकाे माहाेल राम्राे,कांग्रेसकाे सम्भावना उत्तिकै,एमालेमा किचलाे कायमै

spot_img

रूपक कुलाल,डाेल्पा 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे राैंनक मुलुकभर बढेकाे छ । आइतबार र साेमबार मुलुकभर उम्मेदवारी दर्ता हुँदैछ। यसैविच डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका कुन पार्टीकाे कुन उम्मेदवारले र कुन पार्टीले जित्ला भन्ने चर्चा शुरू भएकाे छ ।

यस्ताे छ इतिहास

वि.स २०७४ सालमा भएकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेले मेयरर उपमेयरमा विजय हाशिल गरेकाे थियाे । एमाले विभाजन भएर एकिकृत समाजवादी भएपछि विभाजनकाे असर त्रिपुरासुन्दरीमा अन्यतिरकाे जस्ताे देखिदैन । तर केही वडा सदस्य र कार्यकर्ताहरूकाे सानाे संख्या समाजवादीमा देखिन्छ । गत स्थानीय चुनावमा कांग्रेसले एमालेलाइ ठुलाे टक्कर दिएकाे थियाे । खासगरी तत्कालिन कांग्रेस नेता दिलवहादुर बिष्टले संगठन कमजाेर भएपनि जम्मा १८ भाेटले मात्रै पराजय भाेगेका थिए । हिजाे मात्रै उनै विष्ट कांग्रेस परित्याग गरेर माओवादीमा प्रवेश मात्र गरेका छैनन्, माओवादी केन्द्रबाट मेयरकाे टिकट लगेर उम्मेद्वारी पनि दर्ता गरिसकेका छन् । उनले पार्टीमा विधि प्रकृया र याेगदान गरेका मान्छेभन्दा भ्रष्ट र पुँजीवाद हावी भएकाे बताएका छन् ।

माओवादीकाे संम्भावना बलियाे,बिष्ट आफैँमा बलियाे उम्मेदवार

त्रिपुरासुन्दरीकाे इतिहासलाइ हेर्ने हाे भने माओवादीकाे संगठन पहिले बलियाे भएपनि वर्तमान अवस्थामा धेरै राम्राे भन्न सकिने अवस्था छैन । गत स्थानिय निकायकाे मतलाइ हेर्दा २ वटा वडामा विजय भएकाे थियाे । तर नगरपालिका भरि मतदाता छरिएर रहेका छन् । हिजाेआज भने समय परिवर्तन भएकाे छ । कांग्रेसकाे गढ मानिएकाे वडा नम्वर १,२ लगाएतका स्थानबाट सयाैँ कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

त्यतिमात्र हाेइन वर्तमान अवस्थामा सिनारियाे नै परिवर्तन भएकाे छ । मेयर पदमा दिलवहादुर विष्टले माओवादीबाट उम्मेद्वारी दर्ता गराइसकेका छन् । त्रिपुरासुन्दरीमा हेर्नेहाे भने दिलवहादुर विष्ट आफैँमा बलियाे उम्मेदवार हुन् । तग स्थानीय निकायकाे चुनावमा कांग्रेस पार्टीबाट मेयर लडेका बिष्ट पार्टी संगठन कमजाेर हुँदा हुँदै पनि सहानुभुति लगाएत जनताकाे अप्रत्यासित मत पाएका थिए । अहिले माओवादी केन्द्र र उहाँकाे सहानुभुति लगाएत भेगिय हिसावमा पनि मत बढि ल्याउने सम्भावना छ । त्यति मात्र हाेइन, नगरका अधिकांस कांग्रेसले पनि आन्तरिक रूपमा सहयाेग गरे उनले जित्ने निश्चित जस्तै छ । विशेष गरि वष्ट नगरपालिकामा एक निस्वार्थ,इमान्दार र प्रखर नेताका रूपमा परिचित छन् ,उनी यस भेगका ठुला समाजसेवी पनि हुन् । शिक्षा लगाएतका क्षेत्रमा याेगदान दिन उनले धेरै जग्गा दान मात्र दिएका छैनन् गरिव,विपन्न र टुहुरा बच्चावच्चीलाइ पढाउदै आएका छन् ।

कांग्रेसकाे सम्भावना पनि उत्तिकै बलियाे 

कांग्रेसकाे गढकाे रूपमा मानियकाे त्रिपुरासुन्दरीमा गत स्थानीय तहमा ४ वटा वडामा मात्र विजय हाशिल गरेकाे थियाे । विष्टले मेयर पदमा बलियाे दावेदारी प्रस्तुत गरेर झिनाे मन्तान्तरले पराजय भएपनि अन्य उम्मेदवारले राम्राे मत ल्याउन सकेका थिएनन् । कांग्रेसबाट मेयर पदकाे टिकट पूर्व सरकारी वरिष्ठ अधिकृत चन्द्रलाल धरालाले पाउने निश्चित छ । करिव ३५ वर्षसम्म डाेल्पाकाे भेटनरी क्षेत्रमा जनताकाे सेवा गरेका धरालाकाे जनतामाझ छुट्टै छाप छ । त्याे हिसावले पनि उनले भेगबाट धेरै मत पाउन सक्नेछन् भने समग्रमा जनताकाे सेवा गरेकाले नगरभरीमाट उनलाइ मत प्राप्त हुनेछ ।

तर अन्तिम समयमा दिलवहादुर बुष्टले कांग्रेस परित्याग गरेर उम्मेदवारी दर्ता गराउनु नै धरालाका लागि टाउकाे दुखाइकाे बाटाे बनेकाे छ । अधिकांस कांग्रेसले विष्टलाइ नै सहयाेग गर्ने हुन् कि भन्ने डर उनलाइ छ । तर पनि उनी नगर प्रमुखका बलियाे दावेदार हुन् नपत्याउदाे खेलाडीका रूपमा परिचित भएकाले उनलाइ पनि भावि मेयरका रूपमा हेरिएकाे छ ।

एमालेमा अन्तिम समयसम्म टिकटमा किचलाे,विगतका कामले धक्का दिन सक्ने

त्रिपुरासुन्दरीमा गत स्थानीय तह हाकेकाे पार्टी नेकपा एमाले पनि फेरी मेयर र उपमेयरमा जित्न सक्ने बलियाे दल हाे । एमालेबाट जुनचन्द्र राेकायाले टिकट पाउने पक्कापक्कि भएकाे बुझिएकाे छ तर युवा नेता विमल पहाडीले समेत बलियाे दावेदारी प्रस्तुत गरेका कारण कुरा मिलिसकेकाे छैन । पहाडीले टिकट नपाए स्वतन्त्र भएपनि चुनावी मैदानमा उत्रने चेतावनी दिदै आएका छन् । यदि कांग्रेस र माओवादी का  काटिएमा एमालेले चान्स मार्न सम्भावना उत्तिकै छ ।

५ वर्षे कार्यकालमा एमालेका मेयर र उपमेयरले चलाउदा नगर निकै विवादमा गुज्रियाे । विच कार्यकालमै मेयरकाे मृत्युले शाेकमा डुवायाे । मेयर हुन्जेलसम्म नगरपालिका पार्टीकाे दवदवा घटेकाे थिएन । काम पनि राम्रा नै भएका थिए । तर मेयर वित्नु भन्दा केही महिना पहिले नगरमा २ कराेड भन्दा बढि रकम हिनामीना भएकाे खुलाशा भयाे । अहिले पनि याे मुद्दा कायमै छ । अख्तियारमा समेत नगरका विरूद्दमा केहि मुद्दा छन् । एमालेका लागि अन्त्यतिर उपमेयरले काम गर्ने ढंग नजान्दा पार्टीकाे साख झन् खस्कदै गएकाे एमालेकै नेताहरू बताउँछन् । मेयरकाे मृत्युपछि पार्टी झन् कमजाेर बनेकाे र जनता सकारात्मक नभएकाे एमालेका नेताकार्यकर्ताकाे बुझाइ छ ।

अव चुनावमा कसले बाजी मार्छ त्याे त नतिजा आउन्जेल कुर्नैपर्ने हुन्छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img