spot_img

कठ्ठै हाम्राे देशकाे न्याय प्रणाालीःएक गरीव किसानले तीन कठ्ठा जमिनका लागि मुद्दा लड्दा तीन बिघा जग्गा सक्काए

spot_img

रूपन्देही,सर्वसाधारणका लागि न्याय निकै महँगो छ । ढिलासुस्ती हुने फैसलाले मुद्दा लड्दा लड्दै पक्ष आजित हुने गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ जितपुरका एक स्थानीयले तीन कठ्ठा जग्गाका लागि मुद्दा लड्न तीन बिघा जग्गा सिध्याएका छन् ।

यही तीन कठ्ठा जग्गा जागिर मुसलमानले वि.सं. २०३० सालमा तीन हजार रुयैयाँमा किने । एउटै कित्तामा रहेको आठ बिघा १२ कठ्ठा सात धुर जमिन अन्य चार जनाले मुसलमानसागै किनेका थिए । २३ वर्षसम्म जग्गामा केही विवाद थिएन् । सबैले मालपोत र नापीले दिएको कित्ता अनुसार नै जमिनको भोग गरेका थिए । २०५३ सालमा साधियार लालबहादुर खत्रीले मुसलमानले भोग गर्दै आएको तीन सय ७६ नम्बर कित्ताको जग्गा तीन सय ७५ नम्बर कित्ताको हो भन्ने दाबीसहित नापीबाट एकलौटी नक्सा सुधार गरे । त्यसपछि शुरु हुन्छ अदालती प्रकृया । जगिर मुसलमानले २०५४ सालमा जग्गा खिचोला मुद्दा जिल्ला अदालत रुपन्देहीमा दिए । २०५६ साल माघ १३ गते मुसलमानकै पक्षमा फैसला भयो । लालबहादुरले पुनरावेदन गरे । पुनरावेदन अदालत बुटवलले जिल्लाकै फैसला सदर गरिदियो । लालबहादुर सर्वोच्च अदालत पुगे । २०६५ चैत चार गते न्यायाधीशद्वय मोहनप्रकाश सिटौला र सुशीला कार्कीको संयुक्त इजलासले लालबहादुरको पक्षमाथि फैसला ग¥यो । सर्वोच्चको फैसला हुादासम्म जगिर मुसलमानको तीन विघा खेत र ऋण खोजेको गरी २० लाख रुपैयााभन्दा बढी रकम सकिएको छ ।

नक्सा संशोधन गरिएको भनिए पनि नापी कार्यालयमा पुरानै रेकर्ड यथावत छ । नापी कार्यालयबाट तीन वटा फरकफरक नक्सा अदालतमा पेश गरिएको छ । त्यसैको आधारमा सच्र्वोचले फैसला गरेको हो । जुन प्रमाण मालपोत र नापीमा छैनन् । फैसला कार्यान्वयकका लागि अदालतबाट पत्र पनि आएको छैन् ।

जगिर मुसलमानले जग्गा किन्दा उक्त ठाउामा गोरेटो मात्र थियो । नापीबाट कित्ताकाट गर्दा दक्षिण पश्चिमको अन्तिममा उनको जग्गा परेको थियो । तीन हजारमा किनेको जग्गाको मूल्य अहिले डेढ करोडसम्म पर्छ । सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको भन्दै स्थानिय सबै जागिरको पक्षमा छन् । फैसला कार्यान्वयन नभएपछि लालबहादुरका छोरा देवेन्द्रबहादुर केसी मुसलमानसाग जग्गा लेनदेनमा मिलापत्र गर्ने तयारीमा छन् ।

सर्वोच्चले गरेको फैसलामा जगिरले भोग गर्दै आएको जग्गा लालबहादुरको हो भनिएको छ । तर जगिरको जग्गा कहाा पर्छ भनेर खुलाइएको छैन् । बेला बेला लालबहादुरका छोरा देवेन्द्र घर भत्काइदिने धम्की दिन दलबलसहित आउने गरेका छन् । आफूले जीवनभर कमाएको सबै सम्पत्ति अदालती प्रकृयामा सक्काएका जगिरले छोराहरुले बनाएको घर पनि कतै भत्काइदिने पो हुन कि भन्ने चिन्तामा छन् । साभारःकान्तिपुर टेलिभिजनबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img