spot_img

डाेल्पामा समाजवादीका २ अध्यक्ष र १ उपाध्यक्ष सहित खाता खाेल्याे,एमाले पनि १ पालिका निर्वीराेध

spot_img

डाेल्पा,डाेल्पाकाे काइके गाउँपालिका र छार्काताङसाेङ गाउँपालिका अध्यक्ष सहितका जनप्रतिनि निर्वीराेध चयन भएका छन् । जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट एकल उम्मेदवारी परेको थियाे ।

यस्तै काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षका लागि पेमा वाङ्जु गुरूङको एकल उम्मेदवारी परेको हो। २०७४ मा काइके गाउँपालिकाका अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरूङ  नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए।

डोल्पाको शे–फोक्सुण्डो गाँउपालिका अध्यक्षमा नेकपा (एमाले)का धाव सम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन्। उनी नेकपा एमाले डोल्पाको उपसचिव समेत हुन्।  डाेल्पाकाे शे फाेक्सुण्डाे गाउँपालिकामा अध्यक्षमा एमालेका गुरूङबाहेक कसैको पनि उम्मेदवारी परेकाे छैन। नवनिर्वाचित अध्यक्ष गुरूङका अनुसार वडा नम्बर १ मा जिग्मे छोइङ नोर्बु लामाको प्यानल नै निर्विरोध भएका छन् । त्यस्तै वडा–३ मा पेम्मा ग्रिमेत गुरुङको प्यानल नै निर्विरोध भएको छ । वडा–५ मा कार्मा तार्के गुरुङको प्यानल नै निर्विरोध भएको छ। वडा–६ मा रिग्जिन गुरुङको प्यानल नै निर्विरोध भएको छ। वडा–७ मा  पेम्मा छिरिङ गुरुङको प्यानल नै निर्विरोध भएको छ। त्यस्तै वडा–९ मा लार्के लामाको प्यानल नै निर्विरोध भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img