डाेल्पा, डाेल्पाकाे छार्काताङसाेङ गाउँपलिका वडा नम्वर ५ काे पिम्री गाउँमा एकजना स्थानियमाथि निर्घात कुटपिट भएकाे छ । साेमबार घेराङ गाउँबाट कागकाेटमा उम्मेदवारी दिन भनेर आएका स्थानीय धावा गुरूङमाथि पूर्व तथा हाल निर्विराेध चुनिएका वडा अध्यक्ष सोनाम साङवो गुरुङले युवाहरू लगाएर ढुंगाले निर्घात कुटपिट गरेकाे एक स्थानीयले इमान्दार खवरलाइ जानकारी दिएका छन् ।
अध्यक्ष गुरूङले बाटाेमा हिडिरहेकाे स्थानीयलाइ किन कुटपिट गरे भन्नेवारे खुलेकाे छैन । तर आफुँ विरूद्दकाे वडा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकाे भन्दै कुटपिट गरेकाे स्थानीयकाे आसंका छ । घाइते धावाले उम्मेदवारी दर्ता समेत गर्न पाएनन् । कुटपिटबाट घाइते स्थानीय धावाकाे टाउकाेमा गहिराे चाेट लागेकाे र उपचारसम्म नपाएकाे स्थानीयले जानकारि दिए । यसबारे प्रहरी बज्दा प्रशासन अहिलेसम्म पनि बेखवर छ । मान्छेकाे ज्यान जान लागिसक्याे प्रहरी प्रशासन र सम्वन्धित निकायलाइ अत्तेपत्ताे छैन । याे घटनाले पुष्टि गर्छ डाेल्पामा निर्वाचन सुरक्षा कस्ताे छ भनेर ।
केटाहरू लगाएर कुटपिट गर्ने वडा अध्यक्ष गुरूङ

घाइते धावा गुरूङः अचेत अवस्थामा


















