काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुका वन अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियारले सोमबार भ्रष्टाचार गरेको भन्दै मंगलबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
डिभिजन वन कार्यालय, मुगुका वन अधिकृत भरतबहादुर बुढा थापा, सब–इन्जिनियर गोरसिंह बढुवाल, डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सब–इन्जिनियर (सब–ओभरसियर) रवीन्द्र शाही, निर्माण उपभोक्ता समितिका अध्यक्ष बाँस्तोला शाही, सचिव विसु नेपाली र कोषाध्यक्ष हरिबहादुर शाहीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।सोरू गाउँपालिका–१ जवलधारास्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलेमतोमा हुँदै नभएको कामको बढी मूल्यांकन गरी झूटा बिल बनाएर योजनाको विनियोजित रकम पूरै भुक्तानी दिएर सरकारी रकम हिनामिना गरेको भन्ने उजुरी परेको थियो।
त्यसमा अनुसन्धान हुँदा काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माण गर्न डिभिजन वन कार्यालय, मुगुबाट आ÷व २०७५÷०७६ मा रकम विनियोजन गरेको थियो।उक्त काम गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरे अनुसार कार्य नगरेको अख्तियारले जनाएको छ। त्यस्तै, भएको कामभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरमा आठ लाख ८७ हजार ६५३ रुपैयाँ भ्रष्टाचार गरेको प्रवक्ता भण्डारीले बताए।उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना मागदाबी गरेको छ।