spot_img

डाेल्पाकाे जगदुल्ला र मुड्केचुलामा कसले बाजि मार्ला ? कहिं नभएकाे जात्रा हाँडि गाउँमा भनेजस्तै दुइ पालिकामा एमाले र कांग्रेसविच तालमेल,माओवादी गढ कायमै राख्ने संकेत

spot_img

रूपक कुलाल,डाेल्पा 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे राैंनक मुलुकभर बढेकाे छ । आइतबार र साेमबार मुलुकभर उम्मेदवारले दरखास्त दिएका छन् । यसैविच डाेल्पाकाे जगदुल्ला र मुड्केचुला गाउँपालिकामा कुन पार्टीकाे उम्मेदवार र कुन पार्टीले जित्ला भन्ने चर्चा शुरू भएकाे छ । वि.स २०७४ सालमा भएकाे स्थानीय तहकाे निर्वाचनमा जगदुल्ला र मुड्केचुला दुवै पालिकामा माओवादी केन्द्रले अध्यक्ष पदमा विजयी हासिल गरेकाे थियाे । यस्तै मुड्केचुलामा अध्यक्षमा माओवादी  र उपाध्यक्षमा नेकपा एमाले विजय भएकाे थियाे । यी दुवै पालिकामा कहिं नभएकाे जात्रा हाँडीगाउँमा भनेजस्तै अहिले नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन भएकाे छ ।

जगदुल्लाकाे अवस्था

जगदुल्लामा अध्यक्ष र उपाअध्यक्ष माओवादी केन्द्र विजयी भएकाे थियाे । जगदुल्लाकाे विकासमा डाेल्पाकै नमुना मात्र हाेइन कर्णालीकै उत्कृष्ट काम गर्ने मध्येकाे एक स्थानीय तह हाे । सबै क्षेत्रलाइ समेटेर अध्यक्ष नारासिंह राेकाया नेतृत्वकाे टिमले जगदुल्लाकाे विकासमा नसाेचेकाे प्रगति हाशिल गरेकाे छ । माओवादी केन्द्रबाट अहिले पनि त्यहिं नारासिंह नेतृत्वकाे टिम चुनावी मैदानमा उत्रिएकाे छ । राेकाया डाेल्पामै स्वच्छछवी,विकास प्रेमी र भिजन भएकाे नेताका रूपमा परिचित छन् । ५ वर्षे कार्यकालमा अध्यक्ष माओवादीका प्रतिनिधिले गरेका कामबाट जनता अाैंधि सन्तुष्ट छन् । त्यसैले यस पटक पनि माओवादीले नै जित्ने पक्कापक्की जस्ताे देखिन्छ ।

तर पालिकामा चुनावमा अस्वभाविक पैसाकाे चलखेल हुन थालेकाे माओवादीका नेताहरूले बताउँन थालेका छन् । एमाले पार्टीबाट अध्यक्षमा टिकट पाएका धनचन्द्र बैजीले दलित समुदायलाइ पैसाकाे प्रलाेभनमा पारेकाे अाराेप छ । तर दरखास्तकाे अन्तिम समयमा बैजीले उम्मेदवारी फिर्ता लिएका छन् । धेरैले उनलाइ हार्ने डरले हेम बहादुर महतारा अर्थात कार्माछिरिङ महतारालाइ टिकट भिडाएकाे आराेप लाएका छन् । चुनावकाे अन्तिम समयमा अर्कैले टिकट पाएपछि जनतामा अन्याैँल बढेकाे देखिन्छ तर कांग्रेससँग गठबन्धन गरेकाले सहजै नेतृत्व माओवादीलाइ दिने अवस्थामा छैन । एमालेबाट अध्यक्षका उम्मेदवार महतारा इमान्दार र समाजसेवीका रूपमा परिचित छन् ।

मुड्केचुलाकाे अवस्था

मुड्केचुलामा अहिले अवस्था परिवर्तन भएकाे छ । एमाले विभाजनकाे असर मुड्केचुलामा स्पष्ट रूपमा देखिएकाे छ । प्रभावशाली पूर्व एमालेका नेता हंसबहादुर शाही लगाएका धेरै जसाे समाजवादीमा छन् । एमालेलाइ पार्टी विभाजनकाे असरले झन् धक्का दिएकाे छ ।

माओवादीले ५ वर्षे पालिकाकाे नेतृत्व गर्दा भाैंगाेलिक कठिनाइका विच नसाेचेकाे विकास गरेकाे छ । पालिकाकाे केहि वडामा सडक जगदुल्लासँग जाेडिएर पुगेकाे छ । मुख्यगरी पालिकामा फाेन नभएकाे अवस्थामा २ वटा टावर स्थापना गरि 4G सेवा सञ्चालन देखि अन्य क्षेत्रमा गरेकाे विकासले जनतामा अध्यक्ष दत्तवहादुर शाही निकै लाेकप्रिय छन् । अध्यक्ष शाहीले पालिकामा पार्टीकाे  संगठनलाइ झन् बजबुत बनाएका छन् । पहिले भन्दा १ हजार भन्दा बढि भाेट बढेकाे माओवादीकाे दावी छ । पालिकामा बहुमत सहित जित्ने माओवादीकाे दावी छ ।

मुड्केचुलामा एमाले बलियाे दावेदार हाे गत स्थानीय तहकाे चनावमा जम्मा २ भाेटले मात्रै पराजय भएकाे थियाे । पहिले र अहिले पनि एमालेबाट युवा नेता पार्टीका सचिव समेत रहेकाे लंक बहादुर राेकाया जिल्लाकै प्रभावशाली नेताका रूपमा परिचित छन् । कांग्रेससँग गठबन्धन गरेर पनि माओवादीलाइ यसपालि झड्का दिने दाउमा छन् । पालिकाकाे उपाध्यक्षमा पार्टीकाे नेतृत्व भएपनि पालिकामा प्रतिपक्षकाे भुमिका राम्राे निभाएका थिए । उनले यसपालिकाे चुनावमा ठुलाे प्रभाव पार्ने देखिन्छ । तर अपत्यारिलाे ढंगले संगठन निर्माण गरेकाे माओवादीलाइ हराउन उनलाइ फलामका चुउरा चपाए सरह हुनेछ ।

समग्रमा दुवै पालिका माओवादीले जित्नका लागि सांसद विरवहादुर शाहीकाे महत्वपूर्ण भुमिका हुनेछ । उनले गरेकाे विकासले जनतामा ठुलाे प्रभाव छ । अव चुनावमा कसले बाजी मार्छ त्याे त नतिजा आउन्जेल कुर्नैपर्ने हुन्छ ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img