spot_img

भक्तपुरमा एक हजार एक उम्मेदवारले दर्ता गराए

spot_img

भक्तपुर,भक्तपुरका चार पालिकाको प्रमुखमा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय भक्तपुरले आज ढिलो गरी सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार सबभन्दा बढी उम्मेदवार चाँगुनारायण नगरपालिकामा परेको छ।

चाँगुनारायण नगरपालिकाको प्रमुखमा २२ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका भीमविसीले जानकारी दिए। भक्तपुर नगरपालिका १४, मध्यपुरथिमि नगरपालिकामा १४ र सूर्यविनायक नगरपालिकामा १५ जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गरेको उनले जानकारी दिए।

जिल्लाका चार पालिकाको उपप्रमुखमा ३५ ले उम्मेदवारी दिएका छन्। जसमध्ये चाँगुनारायण नगरपालिकामा १०, भक्तपुर नगरमा नौ, मध्यपुरथिमिमा नौ र सूर्यविनायक नगरमा सात उम्मेदवारी दर्ता गराएका छन्। कार्यालयले भक्तपुरमा सबै पदमा गरी कूल एक हजार एकले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बिसीले जानकारी दिए। रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img