spot_img

डाेल्पामा ७ सय १७ जना जनप्रतिनिधि बन्न चुनावी मैदानमाःकहाँ कुन पदका लागि कति उम्मेदवारी पर्याे ? काइके र छार्कामा मतदान नै नहुने संकेत ( तथ्याङ्क सहित )

spot_img

डाेल्पा,बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा डाेल्पामा जनप्रतिनिधि बन्न ७ सय १७ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा सबैभन्दा धेरै ठुलीभेरी नगरपालिकामा १ सय ८९ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये मेयरमा ८ जना,उपमेयरमा पनि जना वडा अध्यक्षमा ४४ जनाले दरखास्त दिएका छन् भने अन्य वडा सदस्यहरू छन् ।

यस्तै दाेस्राे स्थानमा डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा १ सय ८० जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये नगर प्रमुखमा ४ जना उपप्रमुखमा ७ जना वडा अध्यक्षमा ४३ जना चुनावी मैदानमा छन् भने अन्य वडा सहस्यहरू छन् ।

गाउँपालिका मध्ये सबै भन्दा धेरै मुड्केचुला गाउँपालिकामा १ सय ८० जनाले दरखास्त दिएका छन् । पालिकाकाे अध्यक्ष पदका लागि ५ जना,उपाध्यक्षमा ३ जना र वडा अध्यक्षमा ३२ जना चुनावी मैदानमा उत्रिएका छन् भने अन्य वडा सहस्यहरू छन् । यस्तै जगदुल्लामा गाउँपालिका अध्यक्षमा २ जना,उपाध्यक्षमा ३ जना,वडा अध्यक्षमा १७ जना र अन्य वडा सदस्यहरूले दरखास्त दिएका छन् ।

डाेल्पाेबुद्द गाउँपालिकामा २ जना गाउँपालिका अध्यक्ष,१ जना उपाध्यक्ष,९ जना वडा अध्यक्षहरू चुनावी मैदानमा छन् भने अन्य वडा सदस्यहरू छन् । उपाअध्यक्ष र केही वडा अध्यक्षहरू निर्विराेध भए भने अन्य चुनावी मैदानमा छन् ।  शे फाेक्सुण्डाेमा १ जना अध्यक्षमा,उपाअध्यक्षमा ३ जना वडा अध्यक्षमा १४ जना र अन्य सदस्यहरूले दरखास्त दिएका छन् । यस पालिकामा उपाअध्यक्ष र केहि अन्य पदका लागि मात्र मतदान हुने भएकाे छ ।

काइके गाउँपालिका र छार्काताङसाेङमा पालिका अध्यक्ष सहित लगभग सबै जसाे निर्विराेध भएका छन् । त्यहाँ नेताले टिका लगाएर जनप्रतिनिधि बनाउने चलन जस्ताे भएकाेले मतदान नै नहुने देखिएकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img