दोलखा,दोलखाकाे भिमेश्वर नगरपालिकाकाे मेयर पदमा माओवादी केन्द्रबाट मेयर पदमा मजदुर नेता सुन्दरकुमार केसी र उपमेयरमा रामदेवी श्रेष्ठ चुनावी मैदानमा उत्रिनु भएकाे छ । माओवादीबाट केसी र श्रेष्ठकाे उम्मेदवारी दर्ता भएकाे छ ।
मेयर पदका केसी लामाे समय अखिल नेपाल यातायातको जिल्ला सदस्य जिल्ला अध्यक्ष हुँदै केन्द्रिय सदस्य हुदै मजदुर आन्दोलनमा लागी परेका नेता हुन् । हाल उनी अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय सदस्य साथै अखिल नेपाल यातायात मजदुर संघको केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । पछिल्लाे समय नगरपालिकामा माहाेल राम्राे भएकाे र माओवादीकाे संगठन अनि जनताकाे पनि अाकर्षण बढेकाेले जित्ने निश्चित भएकाे मेयर पदका उम्मेदवार केसीले दावी गर्नुभयाे ।