रूपक कुलाल,डाेल्पा
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे राैंनक मुलुकभर बढेकाे छ । मुलुकभर उम्मेदवारले दरखास्त दिएका छन् । गत बैशाख ११ र १२ गते मुलुकभर उम्मेदवारहरूले मनाेनयन दर्ता गराए । मुलुकका केहि भागमा निर्विराेध जनप्रतिनिधि चुनिएका छन् । विशेषगरी हिमाली भेगमा जहाँ राजनीतिक चेताना र शिक्षाकाे कमी छ त्यहाँ निर्विराेध जनप्रतिनिधि चयन भएकाे देखिन्छ । डाेल्पामा पनि यस्तै भएकाे देखिन्छ । डाेल्पाकाे छार्काताङसाेङ र काइके गाउँपालिकामा कुनै पदका लागि चुनाव नै नहुने देखिएकाे छ अर्थात जनताले मतदान नै गर्न पाउने छैनन् । यसकाे कारण हाे पार्टीका शिर्ष नेतृत्वले पहिले नै स्थानीय नेताहरूसँग छलफल गरेर टिका लगाउँदै जनप्रतिनिधि घाेषणा गर्नु । शे फाेक्सुण्डाे गाउँपालिका अध्यक्ष लगाएत अधिकांस वडा अध्यक्षहरू र सदस्यहरू निर्विराेध चयन भैसकेका छन् भने उपाअध्यक्ष लगाएत केहि वडामा भने मतदान हुनेछ ।
काइके गाउँपालिकामा मतदाननै नहुँने संकेत
विशेषगरी डाेल्पाकाे काइके गाउँपालिकाका सम्पूर्ण गाउँपालिका अध्यक्ष देखि वडा सदस्यसम्मका जनप्रतिनिधि निर्विराेध चयन भएका छन् । बैशाख ३० गते कुनै पनि पदका लागि मतदाननै नहुँने भएकाे देखिन्छ । १२ गते उम्मेद्वारी दर्ताकाे दिनमा जतिकाे संख्यामा जनप्रतिनिधि छन् साेहि अनुसार मात्रै मनाेनय दर्ता भएकाे थियाे । मनाेनयद दर्ताकाे एक दुइ हप्ता पहिले नै सांसद तथा समाजवादी पार्टीका डाेल्पा इन्चार्ज धनवहादुर बुढा,कांग्रेसका केन्द्रीय सदस्य कर्णवहादुर बुढा, र नेकपा एमालेका जिल्ला अध्यक्ष शेरवहादुर बुढाले स्थानीय नेताहरूसँग छलफल गरेर सबै पदमा भागबन्डा मिलाएर प्रतिनिधि चुनी सकेका थिए ।
भागवन्डा अनुसार ३ वडा अध्यक्ष एमालेले,२ समाजवादी र २ कांग्रेसले लिने सहमति भएकाे थियाे । साेहि अनुसार दरखास्त दिनु भन्दा पहिलेनै सम्पूर्ण पुरानै जनप्रतिनिलाइ विभिन्न पार्टीमा विभाजन गरेर वडा अध्यक्षहरू दाेहाेर्याइयाे भने वडा सदस्यहरू आपसि समझदारीमा मिलाइएकाे थियाे । तर गाउँपालिका अध्यक्ष र उपाअध्यक्ष कसले लिने भन्ने विषयमा समझदारी जुट्न सकेकाे थिएन । निवर्तमान गाउँपालिका अध्यक्ष अंगत राना एमालेमा थिए तर अन्तिम समयमा निर्विराेध गाउँपालिका अध्यक्ष हुनका लागि अंगत राना एमाले परित्याग गरि समाजवादीमा प्रवेश गरे । किनकी समाजवादीबाट मानप्रसाद बुढाले उम्मेदवारी घाेषणा गरेका थिए । उपाध्यक्षमा कांग्रेसबाट निमा बुढालाइ बनाइयाे ।
यसरी चुनावी माहाेल चल्दै गर्दा प्रक्रिया भन्दा पहिले नै नेताहरूले सदरमुकाम दुनैमा नै टिकालगाएर भटाभट जनप्रतिनिधि चयन गरे । काइकेका जनताकाे चाहना र इच्छा भने पनि नेताकाे प्याराे मान्छेहरू जनप्रतिनिधि बने । सम्पूर्ण प्रतिनिधि निर्विराेध चयन भएपछि काइकेमा चुनाव नै नहुने भएकाे छ भने जनताले मतदानकाे अधिकार नै प्रयाेग गर्न नपाउने भएका छन् । पार्टीगत विचार र राजनीतिक संस्कार भन्दा बाहिर गइ गठबन्धनका दल वेगरका सहमतिले डाेल्पामा गठबन्धन नै ताेडिन पुग्याे । तर काइकेका नेताहरूले गाउँसमाजमा कुनै विवाद र मतभेत नभएकाे दावी गरेका छन् ।
छार्काताङसाेङमा पनि मतदान नहुँने
छार्काताङसाेङमा पनि जनताले मतदान गर्न नपाउने भएका छन् । गाउँपालिका अध्यक्ष सेनाङ गुरूङ देखि सम्पूर्ण वडाअध्यक्षहरू राेहाेरिएका छन् । तीन पार्टीका इनै तीन जना नेताले पहिल्यै भागवन्डा गरेर पुरानै प्रतिनिधिलाइ टिका लगाएर जनप्रतिनिधि बनाइसकेका थिए । त्यहाँ पनि समाजवादीबाट गाउँपालिका अध्यक्ष सेनाङ,अपाध्यक्ष कांग्रेस र वडा अध्यक्षहरू एमालेबाट समेत भएकाे बताइएकाे छ । उनीहरू मध्ये अधिकांस दरखास्त दिने समय भन्दा पहिले नै निर्विराेध भैसकेका थिए भने अधिकांसले दरखास्त पर्ने दिनमा दावी विराेध नगरेपछि जनप्रतिनिधि चुनीए । त्यहाँका जनताकाे अधिकार र मतदान गर्न पाउने अधिकारमा गम्भीर हनन भएकाे देखिन्छ ।
छार्कामा वडा अध्यक्ष पदमा उम्मेद्वारी दिन समेत राेक लगाइएकाे तथ्य बाहिर आएकाे छ । एमाले,कांग्रेस र समाजवादी बाहेकका अन्य पार्टी र स्वतन्त्र उम्मेद्वारलाइ मनाेनय दर्ता गर्न समेत दिइएकाे थिएन । वडा नम्वर ५ काे वडा अध्यक्षमा दरखास्त हाल्न आएका घेराङ गाउँका धावा गुरूङलाइ निर्विराेध वडाअध्यक्षमा चुनिएका साेनाम साङवाे गुरूङले युवाहरू लगाएर रक्ताम्य हुने गरि कुटपिट गरेका थिए । सुरक्षा संयन्त्र निकम्मा बन्दा छार्कामा धादलिकै विच निर्विराेध जनप्रतिनिधि चयन भएका छन् ।
शे फाेक्सुण्डाे गाउँपालिका पनि उस्तै
यस्तै शे फाेक्सुण्डाे गाउँपालिकामा नेकपा (ऐमाले ) बाट गाउँपालिका अध्यक्ष धावा सम्डुक गुरुङ गाउँपालिका अध्यक्षमा निर्विराेध चयन भए । त्यहाँ पनि पालिका अध्यक्षमा उम्मेद्वारी दिन आएकालाइ धम्काएर पठाइयाे तर पछि सुरक्षाकर्मी लिन जाँदा साक्छी आउन मानेन् । अन्य वडाहरूमा समेत उम्मेद्वारी दिन आउनेलाइ धम्काएर पठाइयाे । एमाले बाहेक समाजवादी र कांग्रेसलाइ पहिले नै मनाेनयन गर्ता नगराउने नेताहरूकाे सेटिङ अनुसार नै त्यहाँ प्रतिनिधिहरू निर्विराेध चयन भए । यसरि पालिका अध्यक्ष लगाएत अधिकांस वडाहरूमा त्यहाँका जनताले मतदान गर्न पाउने छैनन् । उपाअध्यक्ष र केहि वडाअध्यक्ष पदमा भने मतदान हुनेछ ।
विशेषगरि उच्च हिमाली भेगमा जनताहरूमा शिक्षाकाे कमी,राज्यकाे पहुँचभन्दा बाहिर सुरक्षा व्यवस्था कमजाेर र सर्वसाधरणमा राजनीतिक चेतनाकाे कमीका कारण समाजका केहि टाठाबाठाले मात्रै टिके प्रभाबाट ठुला नेताले टिका लगाएर प्रतिनिधिहुन पाएका छन् तर जनता भने मतदान गर्ने अधिकारबाट समेत बञ्चित भएका छन् । निर्वाचन आयाेगले यस विषयमा गम्भिर ध्यान दिन जरूरी छ ।