spot_img

डाेल्पाकाे धाे तारापका जनता र सांसद धनवहादुर बुढाले लिएका युवाविच ठुलाे झडप,प्रशासनकाे भुमिका संकास्पद ( भिडियाे सहित )

spot_img

डाेल्पा,उपल्लाे डाेल्पाकाे धाे तारापमा स्थानीय जनता र सांसद धनवहादुर बुढाले लगेका युवाहरूविच शुक्रबार ठुलाे भिडन्त भएकाे छ । दुवै पक्षविच झडपहुँदा स्थानीय एक गर्भवति महिला गम्भिर घाइते भएकी छन् भने अन्य दर्जनभन्दा बढि सर्वसाधरण घाइते भएकाे स्थानीय ग्याल्पाे थापा भाेटेले जानकारी दिए । झडपमा दुवै पक्षविच ढुंगाहानाहान भएकाे भिडियाेमा स्पष्ट देख्न सकिन्छ । झडपपिछ सांसद बुढा हेली बाेलाएर त्यहाँबाट भागेका छन् तर उनले लगेका १ सय भन्दा बढि युवा त्यतै छन् ।

झडपकाे मुख्य कारण हाे धाे तारापका जनता स्वतन्त्र राजनीतिक अधिकार खाेजिरहेका छन् । तर सांसद धनवहादुर बुढाले आफुले भनेकाे पार्टीमा लाग्नु पर्ने नभए जसरि नि ठिक पार्ने भन्दै ५ सय भन्दा बढि युवा लगेर बैशाख पहिलाे हप्ता देखि धाे तारापमा गएका थिए ।

प्रशासनले धाे मा सुरक्षा चुनाैंति भएकाे भन्दै सयाैँ आर्मी,शसस्त्र र प्रहरी खटाएकाे थियाे । तर झडपमा सुरक्षाकर्मी भुमिकानै खेल्न नसकेकाे देखिन्छ । यस बारे प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारी र जिल्ला प्रहरी प्रमुख निरन्जन थापालाइ प्रश्न गर्दा जानकारी नै नभएकाे दावी गरे । सांसद बुढाले राजनीतिक कार्यक्रम भन्दै ५ सय भन्दा बढियुवा लिएर जाने अनुमति दिनु,बैशाख १० गतेसम्मकाे मात्रै कार्यक्रममा गएकाेमा १६ गतेसम्म कार्यक्रम गर्दा समेत प्रशासन माैँन हुनु र घटनाबारे गम्भिर नहुनु जस्ता तथ्यले प्रमुख जिल्ला अधिकारी र डिएसपीकै भुमिका माथि प्रश्न उठेकाे छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

झडपकाे भिडियाे क्लिप्स,पुरा भिडियाे केहि बेरमा

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img