spot_img

तालमेल अनुसार काम नगर्नेलाई गठबन्धनले कारबाही गर्ने

spot_img

काठमाडौँ, सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनमा केन्द्रको तालमेलको निर्णयअनुसार गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गरी सक्रियतापूर्वक जिम्मेवारी पूरा नगर्ने कार्यकर्ताहरूलाई कारबाही गर्ने भएका छन् ।गठबन्धनको आइतबार बसेको बैठकले स्थानीय तह निर्वाचनमा सबै नेता र कार्यकर्ताहरूलाई तल्लो तहसम्मै एकता गरेर अगाडि बढ्न भनेको हो ।

गठबन्धनको निर्णयमा भनिएको छ, ’गठबन्धनको मर्म र भावनाअनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने । यो निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कारबाही गर्ने निर्णय गरियो ।’

पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय अनुसार बागी उम्मेदवारी फिर्ता नलिने र लिन सम्भव नभएको ठाउँमा पनि कार्यकर्ताहरूलाई समझदारीअनुसार अगाडि बढ्न निर्देशन दिइएको छ । ’पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनुरुप कार्य गर्न–गराउन आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरूलाई निर्देश गर्ने ।’

गठबन्धनको निर्णय विपरीत चितवन महानगरपालिका लगायतका कतिपय स्थानमा बागी उम्मेदवारी परेका छन् । कतिपय स्थानमा भने बागी उम्मेदवारी फिर्ता लिन ढिलाइ हुँदा गठबन्धनबाट दोहोरो उम्मेदवारी परेको छ ।कान्तिपुरबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img