डाेल्पा,समाचार लेखेकाे भन्दै डाेल्पाका सांसद धनवहादुर बुढाले इमान्दार खवरका संपाकद रूपक कुलाललाइ धम्की दिएका छन् । इमान्दार खवरले उपल्लाे डाेल्पामा धनवहादुर बुढाले आफ्नाे पार्टीका प्रतिनिधिलाइ जिताउन ५ सय युवा लिएर गएकाे जनता त्रासमा भन्ने शिर्षकमा निरन्तर समाचार प्रशारण गरिरहेकाे थियाे । जसकाे पुष्टि जिल्ला प्रशासन डाेल्पाले समेत गरेकाे छ । सुरक्षा चुनाैंती प्रशासनले प्रहरी,शसत्र प्रहरी मात्रै हाेइन सेना समेत परिचालन गरेर १ सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरेकाे छ । माअाेवादी केन्द्र डाेल्पाली पनि विज्ञप्ती निकालेर प्रशासनकाे ध्यानाकर्षण गराएकाे थियाे ।
उपल्लाे डाेल्पाकाे डाेल्पाेबुद्द गाउँपालिकाका जनताकाे गुनासाे र जिल्ला प्रशासनलाइ जानकारी साेधपुछ गरेर इमान्दार खवरले निरन्तर जनताकाे आवाज बाेलिरहेकाे थियाे । उनी प्रचारमा गएकाे अन्तिम दिन फर्कने क्रममा त्यहाँका स्थानीय जनता र सांसद बुढाले लगेका युवाहरू विच ढुंगाहानाहान सहित झडप भएकाे थियाे । साेहि झडपमा बच्दै सांसद बुढा हेलीबाट फर्केका थिए । भिडियाेमा स्पष्ट देख्न सकिन्छ स्थानीयहरूले ढुंगा हानेर स्थानीय भाषामा माटाे उडाउँदै गालिगलाेज गरिरहेका छन् । सांसदले युवा लगेर धाे ताराममा चुनावी आचारसंहिता विपरितका काम गरेकाे र झडपका विषयमा विभिन्न राष्ट्रिय मिडीयामा समेत समाचार आइरहेकाे छ ।
राजनीतिक कार्यक्रम भन्दै सांसद बुढाले ५ सय युवा धाे ताराप लगेका थिए । उनीहरू मध्ये अझै १ सय बढि युवा धाे मै रहेकाे प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।
उनले गल्ति ढाकछाेप गर्न विज्ञप्ती मार्फत पत्रकारलाइ समाचार लेखेकाे भन्दै धर्कीपूर्ण शब्द प्रयाेग गर्नुका साथै फाेन गरेर समेत अपशब्द प्रयाेग गरेका छन् । त्यतिमात्र हाेइन उनले आफ्ना कार्यकर्ता लगाएर सामाजिक सञ्जालमा पत्रकारलाइ अपशब्द प्रयाेग गर्न लगाइरहेका छन् । सुचना विभाग र प्रेस काउन्सील दर्तै नभएकाे मिडीया प्रयाेग गरेर समाचार समेत लेख्न लगाएका छन् ।
यस्ताे छ उनकाे धम्कीपूर्ण विज्ञप्तीः


















