spot_img

सुरक्षा समिति बैठकमा निर्वाचनको सुरक्षा रणनीतिबारे छलफल

spot_img

काठमाडौँ, स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गर्दै गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।बैठकमा निर्वाचन सुरक्षाको अहिलेसम्मको कामको समीक्षा र आगामी रणनीतिबारे छलफल भएको थियो । गृह मन्त्रालयमा सोमबार बसेको उक्त बैठकमा निर्वाचनको प्रचार प्रसारमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै कसरी त्यस्ता घटना रोक्ने भन्नेबारे पनि छलफल भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बैठकमा गृहमन्त्री खाँणले सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका थिए ।‘सरकारको मुख्य उद्देश्य शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले स्थानीय तह निर्वाचन सम्पन्न गर्नु हो,’ गृहमन्त्री खाणले भने, ‘अहिलेसम्म तपाईँहरूले मिलाएको सुरक्षा प्रबन्ध प्रशंसायोग्य छ । अब पनि यसभन्दा अझ राम्रो सुरक्षा प्रबन्ध मिलाउनु होला ।’

निर्वाचनमा आकस्मिक रूपमा र योजनाबद्ध झडपहरू पनि हुनसक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउने बित्तिकै सुरक्षा निकायले एकअर्काबीच समन्वयमा अगाडि बढ्नुपर्ने भन्दै मन्त्री खाँणले निर्देशन दिए ।बैठकमा सोमबार मात्रै पदबहाली गरेका नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई समितिको नयाँ सदस्यका रूपमा स्वागत गरिएको थियो ।कान्तिपुरबाट

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img