spot_img

काेराेनाकाे असरःकर्णालीमा डेढ लाख नागरिककाे रोजगारी गुम्याे,चरम भाेकमरि लाग्ने खतरा

spot_img

काठमाडाैँ,कर्णालीका उद्योग, व्यवसायमा काम गर्ने झण्डै ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा परेको छ। लामो सयमसम्म भएको लकडाउन र कोरोना महामारीका कारण उद्योग–व्यवसाय बन्द हुँदा धेरैको रोजगारी संकटमा परेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए।

बाँकी २० प्रतिशत श्रमिकले पनि आंशिक रुपमा मात्रै रोजागरी जोगाएका छन्। बन्दका कारण उद्योग–व्यवसाय बन्द हुँदा रोजगारदाताले श्रमिकलाई काममा फर्काउन सक्ने अवस्था छैन। होटल व्यवसायका मात्रै झण्डै पाँच हजार श्रमिकको रोजगारी संकटमा परेको अनुमान छ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना भाइरस र लकडाउनका कारण सुर्खेतका १८ हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। भारतमा मजदुरी गर्ने सुर्खेतका १६ हजार ९४३ जना, तेस्रो मुलुक गएका २६१ जना र स्वदेशमै विभिन्न क्षेत्रमा कार्यरत ८ हजार ८८६ जनाको रोजगारी गुमेको छ।

दैलेखका १६ हजार नागरिकको रोजगारी गुमेको तथ्यांक छ। भारतमा मजदुरी गर्ने १५ हजार ८८४ जना, तेस्रो मुलुकका ४५ जना र स्वदेशमा काम गर्ने १ हजार ३९८ जनाको रोजगारी गुमेको छ।

जाजरकोटका भारतमा भारतमा मजदुरी गर्ने पाँच हजार ५२६ जना, तेस्रो मुलुकका ३१ र नेपालभित्रैबाट ४५ जना, रुकुम पश्चिमका ६ हजारमध्ये भारतबाट २ हजार ७४५ जना, तेस्रो मुलुकबाट १०७ जना र स्वदेशमा काम गर्ने ४ हजार २०० जनाले रोजगारी गुमाउन बाध्य भएका छन्। त्यस्तै सल्यानका ४ हजार ४००, डोल्पाका भारतबाट २१ जना, हुम्लाका भारतबाट २००, जुम्लाका एक हजार ८००, मुगुका एक हजार ७०० र कालिकोटका ६ हजार १५६ जनाको रोजागरी गुमेको मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए।

यता कर्णाली प्रदेश सरकारले भने कोरोनाका कारण विदेश तथा स्वदेशमा रोजागरी गुमाएका झण्डै डेढ लाख नागरिकलाई रोजगारी दिने लक्ष्य लिएको जनाएको छ। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कृषिमा मात्रै ५० हजारलाई रोजगारी दिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले लक्ष्य राखेको छ।

प्रदेश सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार चालू आर्थिक झण्डै डेढ लाखलाई युवालाई रोजगारी दिने प्रदेश सरकारले लक्ष्य राखेको छ। यसका लागि एक करोड मुनिका विकास निर्माणका योजनाहरु उपभोक्ता समितिबाटै गराउने सरकारको तयारी छ।

‘भोकमरी र रोजगारी प्रदेशका मुख्य प्राथमिकता हुन्,’ मन्त्री केसीले भनिन्, ‘कृषि र विकासका क्षेत्रमा एक लाख ५० हजार नागरिकलाई रोजगारी दिन्छौं।’ नेपाल समयमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img