काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको छ । बम रहेको हल्लाले बुधबार बिहान झण्डै एक घण्टासम्म विमानस्थलको आन्तरिक उडान–अवतरण बन्द भएको थियो ।
बुधबार बिहान अज्ञात व्यक्तिले बम रहेको भन्दै टेलिफोन आएपछि अधिकारीहरुले विमानस्थल बन्द गरेर सर्च अपरेसन चलाएका थिए ।तर शंकास्पद वस्तु नभेटिएपछि विमानस्थलको आन्तरिक उडान–अवतरण सुरु भएको प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
सर्च अपरेसनको क्रममा कुनै पनि शंकास्पद वस्तु नभेटिएकोले आन्तरिक उडान–अवतरण सुरु भइसकेको उनले बताए । सर्च अपरेसनको क्रममा यात्रुहरुलाई आन्तरिक टर्मिनलबाट बाहिर निकालिएको थियो ।