काभ्रे, काभ्रेको रोशी गाउँपालिका–११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका–६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका–३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोसी गाउँपालिका–१ की ४४ वर्षीया प्रमिला नेपाली र कमलामाई नगरपालिका–४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल रहेका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार यात्रु हुन् । त्यस्तै दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठोक्किएका हुन् ।कान्तिपुरबाट