spot_img

चुनाव नजिकीएसँगै डाेल्पामा बढ्दाे सुरक्षा चुनाैतिःडाेल्पाेबुद्दमा चुनाव नै नहुने संकेत,कतै दलितलाइ उचालेर झडप देखि कतै राजनीतिक प्रतिशाेध

spot_img

डाेल्पा,स्थानीय निकायकाे चुनाव नजिकियसँगै डाेल्पामा राजनीतिक दलहरूविच झडप र रस्साकर्सीकाे अवस्था छ । डाेल्पाेबुद्दमा एकिकृत समाजवादी र माओवादी केन्द्र विच ठुलाे विवाद चल्दै आएकाे र केहि दिन पहिले दुइपक्षविच ढुंगा हानाहान समेत भएकाे थियाे । यस्तै जगदुल्ला गाउँपालिकामा निरन्तर दलित समुदायका साेझा मान्छेलाइ उचालेर निरन्तर झडप गर्न लगाइएकाे छ भने मुड्केचुलामा पनि एमाले र माओवादी विचकाे झडपलाइ राजनीतिक प्रतिशाेध बनाइएकाे छ ।

विशेष गरी डाेल्पाकाे डाेल्पाेबुद्द गाउँपालिकामा वितग केहि समय देखि एकिकृत समाजवादी र माओवादी केन्द्र विचकाे विवाद झन् चर्कदै गएकाे छ । बैशाख पहिलाे हप्ता देखि समाजवादीका सांसद तथा जिल्ला इन्चार्ज धनवहादुर बुढाले ५ सय भन्दा बढि युवा लिएर धाे तारापमा चुनाव प्रचारका लागि गएका थिए । बैशाख १० गतेसम्म चुनाव प्रचार गर्ने भएर गएका सांसद बुढा र ३ सय जति युवाहरू फर्कीएका छन् । तर माओवादीले पनि ५० भन्दा वाइसियल धाेमा उतारेकाे छ । दुवै पक्षविचकाे रणनीतिले धाेमा दुइपक्षविच ढुंगाहानाहान मात्र भएकाेमा अव भने के हुनेहाे भन्ने प्रशासनलाइ चिन्ताकाे विषय बनेकाे छ ।

समाजवादीले लत्यायाे सहमति

बुधवार डाेल्पाेबुद्दका निर्वाचन अधिकृत नरेन्द्र वहादुर कार्कीकाे नेतृत्वमा बुधवार धाेमा सर्वदलिय बैठक बसेकाे थियाे । बैठकले बुवैपक्षबाट सहभागि नेताहरूले वाहिरका मान्छे फिर्ता पठाउने र शान्तिपूर्ण तरिकाले चुनाव हुन दिने सहमति भएकाे थियाे । तर समाजवादीका सांसद बुढाले उक्त सहमति पालना नगर्ने बताएपछि बैठककाे निर्णयनै भाडिएकाे हाे । सहमति के हाे मलाइ थाहा छैन,चुनाव प्रचार गर्न राजनीतिक दलले पाउने अधिकारमा रहि चुनाव प्रचारका लागि २५ गते फेरी धाे जाने उनले इमान्दार खवरलाइ जानकारी दिए ।

बुधबार मैलेनै पहल गरेर बाेलाएकाे सर्वदलिए बैठकमा दुवै पक्षविच आपसी समझदारी गरेर दुवै पक्षका बाहिरका मान्छे जाने सहमति भएकाे हाे तर एकाएक दुवै पक्षले बकाइदा गरेकाे निर्यणबाट पछि हट्नु दुखद भएकाे र निर्वाचन अधिकृतकाे कार्यालयले निर्वाचन आचारसंहिताकाे उलंघन भए चुनाव नै रद्द गर्ने चेतावनी दिएकाे डाेल्पाेबुद्दका निर्वाचन अधिकृत नेत्र बहादुर कार्की जानकारी दिए ।

डाेल्पाेबुद्दका विषयले केन्द्रलाइ समेत घचघच्याएकाे छ । गृहमन्त्रालय देखि निर्वाचन आयाेगले समेत सबै पक्षका बाहिरका मान्छेलाइ हटाउन निर्देशन दिइसकेकाे छ । तर माथिकाे निर्देशन कार्यन्वयन गर्न जिल्ला प्रशासन डाेल्पा र प्रहरी प्रशासन समेत निरिह्य बनिरहेकाे छ । 

जगदुल्लामा निरन्तर झडप

यस्तै जिल्लाकाे जगदुल्ला गाउँपालिकामा निरन्तर गैरीगाउँ भन्ने विक टाेलमा निरन्तर ३ पटक झडप भएकाे छ । यहाँ भने एमाले र माओवादीका कार्यकर्ता विच झडप भइरहेकाे छ । दुवै पक्षकाे राजनीतिक लडाइमा विपन्न दलित समुदायका मान्छेहरू परेका छन् । माओवादीले हाम्राे गढ मानिएकाे गाउँमा हाम्रा कार्यकर्तालाइ पैसा,माेवाइल र बाइककाे प्रलाेभनमा पारेर किन्न खाेज्दा झडप भएकाे आराेप लगाएकाे छ । यस्तै एमालेले पनि राति राति एमालेका कार्यकर्ताकाे घरमा माओवादीले आक्रमण गरिरहेका कारण झडप भएकाे दावी गरेकाे छ । प्रहरीले भने राजनीतिक कारण झडप भएकाे बताएकाे छ । मंगलबार रातिकाे झडपमा दुवै पक्षका ३,४ जना घाइतेकाे अवस्था भने सामान्य रहेकाे डाेल्पा प्रहरीले जानकारि दिएकाे छ । तर दुइ राजनीतिक दलकाे निशानामा निरन्तर दलितसमुदाय निशानामा पर्नु रहस्यमय विषय बनेकाे छ ।

यस्तै  मुड्केचुला गाउँपालिका वडा नम्वर ८ का ओक्टमा केहि दिन पहिले भएकाे एमाले र माओवादीका कार्यकर्ता विच भएकाे झडपमा दुवै पक्षका कार्यकर्ता सामान्य घाइते भएका थिए भने एमालेका कार्यकर्ता राजवहादुर राेकाया धेरै घाइते भएका थिए । दुवै पक्षले प्रहरीमा राजनीतिक प्रतिशाेध साधेर मुद्दा दायर गरेका छन् । घाइते राेकायाकाे काेहलपुर मेडिकल कलेजमा उपचार भइरहेकाे छ।

चुनाव नजिकियसँगै डाेल्पाका केहि स्थानमा झडपका घटना भएपनि अन्यकाे अवस्था भने सामान्य रूपमै राजनीतिक कार्यक्रमहरू भइरहेका छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img
spot_img

भर्खरै

- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img
error: Content is protected !!