तीन पालिका अध्यक्षसहित ३९० जना निर्विरोध निर्वाचित
काठमाडौं, स्थानीय तहको निर्वाचनमा हालसम्म ३९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले एउटा मात्रै उम्मेदवारी परेका स्थानमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।आयोगका अनुसार सबैभन्दा बढी नेकपा एमालेबाट १ अध्यक्ष २ उपाध्यक्ष, दलित महिला सदस्यमा ६०, महिला सदस्य २५, वडाध्यक्ष १७ र सदस्यमा ३३ जनासहित १३८ जना निर्विरोध निर्वाचित भएका छन्।
यस्तै नेपाली कांग्रेसबाट १ उपाध्यक्ष, ४५ दलित महिला सदस्य, २१ महिला सदस्य, १६ वडाध्यक्ष र ३२ सदस्यसहित ११५ जना निर्विरोध निर्वाचित भएका छन्।
यस्तै माओवादी केन्द्रबाट ३ वडाध्यक्षसहित ५९ जना निर्विरोध निर्वाचित भएका छन्।६ वडाध्यक्षसहित नेकपा एकीकृत समाजवादीबाट ३५ जना निर्विरोध निर्वाचित भएका छन्।यस्तै ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र निर्वाचित भएका छन्।आयोगका अनुसार, अब चुनावी प्रतिस्पर्धामा १ लाख ४५ हजार १० जना उम्मेदवार छन्।