spot_img

वैशाख ३० गते आन्तरिक उडान बन्द हुने

spot_img

काठमाडौँ, स्थानीय तह निर्वाचनका दिन मानवीय उद्धार, सहायता र सरकारको निर्देशनमा हुने उडानबाहेक आन्तरिक हवाई सेवा बन्द हुने भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै वैशाख ३० गते दिनभर संघमा आवद्ध सबै विमान कम्पनीहरुले उद्धार, मानवीय सहायता र सरकारको निर्देशनमा हुने बाहेकका सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

‘निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ बमोजिम मानवीय उद्धार, सहायता, उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेक स्थानीय तह निर्वाचन हुने मिति वैशाख ३० गतेका दिन संघमा आवद्ध सबै सदस्य बायुसेवाहरुको नियमित आन्तरिक उडानहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ,’ संघका प्रवक्ता योगराज कँडेल शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वैशाख ३० मा ७ सय ५३ स्थानीय तहमा एकैसाथ प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्य पदको निर्वाचन हुँदै छ । सोही अन्तर्गत मतदान हुने दिन देशभर अनुमतिबाहेक सबै निजी, सरकारी तथा सार्वजनिक यातायातका साधन बन्द गर्ने निर्णय भइसकेको छ । आयोगले सवारी मापदण्ड नै जारी गरेर मतदान हुने दिन अनुमतिबाहेक कसैलाई पनि सवारी गुडान गर्न निषेध हुने निर्णय गरिसकेको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img