spot_img

कांग्रेसले जनमतको सम्मान गर्छ, महामन्त्री थापा

spot_img

काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनका उम्मेदवारले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२६ ले आइतबार आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।यस क्रममा उनले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको भन्दै कांग्रेसलाई मत दिए जनताको मतको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

’नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपा आफ्नै कमजोरी हो, पाँच वर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनताको जनतमको अपमान गरेको छ, कांग्रेसलाई अवसर दिए जनताको मतको सम्मान गर्छ,’ उनले भने । महामन्त्री थापाले वि सं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमासमेत नेकपालाई जनताले अवसर दिए पनि काठमाडौंको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताए ।

’पाँच वर्षमा काठमाडौं महानगरमा यो राम्रो काम गरें भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत नेकपा (एमाले)सँग छैन,’ उनले भने । नेता थापाले एक पटक कांग्रेसलाई अवसर दिनसमेत काठमाडौंका आम मतदातासँग आग्रह गरे ।यसैबीच गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले कांग्रेसले काठमाडौं महानगरको टिकट महिलालाई दिएर आम महिलाको सम्मान गरेको बताइन् ।

’म गफ गर्नका लागि उम्मेदवार भएको हैन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौं महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाइँको मतको अपमान हुन दिन्नँ,’ उनले भनिन् । चुनाव जितेपछि टोलबासीको सुख दुःखमा आफू लाग्नेसमेत उनको भनाइ छ ।नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताइन् । रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img