spot_img

सत्तारुढ गठबन्धन निकटका पाँच पत्रकार संगठनलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

spot_img

काठमाडौं, निर्वाचन आयोगले पाँच दलीय गठबन्धनका पक्षमा मत मागेका पत्रकारका विभिन्न पाँच संगठनसँग स्पष्टीकरण सोधेको छ। आइतबार सत्ता गठबन्धनका पाँच दल निकट पत्रकार संगठनसँग आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो।नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर, नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन, जनता समाजवादी पार्टी (जसपा) निकट नेपाल प्रेस मञ्च र राष्ट्रिय जनमोर्चा निकट प्रगतिशील पत्रकार संघले शनिबार गठबन्धनको पक्षमा मतदान गर्न विज्ञप्ति निकालेर आह्वान गरेका थिए।

युनियनका अध्यक्ष बद्री सिग्देल, सेन्टरका अध्यक्ष विष्णु सापकोटा, संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, मञ्चका अध्यक्ष केशव अर्याल र संघका सचिव श्यामलाल पोखरेललाई २४ घण्टाभित्र लिखित जवाफसहित स्पष्टीकरण दिन निर्देशन दिइएको आयोगले जनाएको छ।आयोगले निर्वाचन आचार संहिता विपरित काम गर्नेलाई स्पष्टीकरण सोधिरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img