spot_img

कपिलवस्तुको महाराजगन्जमा कांग्रेसकी उपमेयर उम्मेदवार कुर्मीकाे मृत्यु

spot_img

कपिलवस्तु, महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको मृत्यु  भएको छ।उनको गए राति करिब १ बजेतिर मृत्यु  भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो उनको हृदयघातका कारण  मृत्यु भएको बताइएको छ।कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको  मृत्यु भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।

निर्वाचन अधिकृत कुवेर पाण्डेले उपमेयर पदकी उम्मेदवारको मृत्यु भएकोबारे कांग्रेसले पठाएको पत्र आज बिहान प्राप्त भएको  बताए।कांग्रेसको तर्फबाट उपमेयर उम्मेदवारको मृत्यु भएको जानकारी आएको छ। हामी निर्वाचन आयोगमा यसबारे लेखेर पठाउँदैछौं,’ उनले भने, ‘यहाँ निर्वाचन के गर्ने भन्नेबारे आयोगले नै निर्णय गर्छ।’

यहाँ वैशाख ३० मा निर्वाचन नगरी केही समयपछि निर्वाचन गर्ने सम्भावना छ।कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img