न्युयोर्क,माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन्।उनले निवासमा क्वारेन्टीन बसेको र आवश्यक परीक्षण र चिकित्सा उपचार लिइरहेको बताए। उनले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको उल्लेख गरेका छन्।
’मलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु। म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु, समाचार एजेन्सीसँग उनले भनेका छन्।उनी आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड–१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी भएका थिए।