कर्णालीकाे लाइफलाइनः भेरी करिडाेरले पाउँदैछ पूर्णता,पुरा हुँदैछन् सपना !

रूपक यात्री,डाेल्पा
४ बेलिब्रिज निर्माणका लागि ७ कराेड विनियाेजन
भारतको रुपैडिहा जमुना नाकादेखि डोल्पाको धोमोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्न त्रिदेशीय मार्ग नै भेरी करिडोर हो । सरकारले भेरी करिडोर नामाकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्दै त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाइ महत्वका साथ हेरिएको छ । भेरी करिडाेर सम्पन्न भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ ।

भेरी करिडोर अन्तर्गतका जाजरकोट डोल्पा सडक निर्माण २०६५ मा सुरु भएको थियो । २०७६ मा डोल्पा सदरमुकार करिब १ सय १८ किलोमिटर सडक निर्माण भएपछि भेरी करिडोरले पूर्णता पाउने आशा पलाएको थियो । भेरी करिडोर अन्तर्गत डोल्पा सदरमुकामसम्म सडक सञ्जाल पुगिसकेको छ भने चीनको सिमानाबाट मरिम नाकासम्मको कुल १ सय १० किलोमिटरमध्ये नेपालतर्फ ६० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक बन्न बाँकी छ । यदि दुनैदेखि धो सम्मको सडक निर्माण भए सबैभन्दा छोटो त्रिदेशीय मार्ग भेरी करिडोर बन्नेछ । डाेल्पा सदरमुकाम दुनैसम्म सडक सञ्जालले जाेडिएपनि पुल नबन्दा सवारीसाधन आवतजावतमा निकै समस्या थियाे ।
अव भने भेरी करिडाेरका ४ ठाउँमा बेलिब्रिज निर्माणकाे काम अगाडि बढेकाे छ ।करिडोर अन्तर्गत करबगार्ड,खदाङ,त्रिपुराकोट र रुपगाडमा बेलीब्रिज निर्माणको काम अगाडि बढेको छ । चार स्थानमा बेलिब्रिज निर्माणका लागि ७ कराेड विनियाेजन भएकाे र छलगार्डमा समेत बेलिब्रिज निर्माणका लागि पहल भइरहेकाे डाेल्पाका प्रतिनिधिसभा सांसद तथा पूर्व पर्यटन राज्यन्त्री धनवहादुर बुढाले जानकारी दिए ।चौरजहारी सडक डिभिजन कार्यालयले ठेक्का समेत खाेलिसकेकाले अव भेरी करिडाेरले चाँडै पूर्णता पाउँने सांसद बुढाकाे विश्वास छ । बुढाले भने ” मैले डाेल्पा सडक खण्डमा बेलीब्रिज निर्माणका लागि लामाे समय देखि पहल गरिरहेकाे थिए,बेलीब्रिज निर्माण समयमै सम्पन्न भए भेरी करिडाेरले पुर्णता पाउँने आधार बन्छ,र सामान ढुवानिमा समेत सहज हुनेछ”कर्णालीको लाइफलाइन भेरी करिडोर जतिसक्दो छिटो निर्माण गर्न सबै लाग्नु पर्छ उनले थपे ।
मोरिम, तिन्जे, धो हुँदै सदरमुकाम दुनैसम्म सडक सञ्जाल चाँडै जोड्न सडक निर्माणको काम संघीय सरकारले प्राथमिकतामा राखेको र निकट भविष्यमा धो तराप उपत्यकामा व्यवस्थित हवाई मैदान र एकीकृत बस्ती निमार्णमा गर्ने याेजना समेत रहेकाे सांसद बुढाकाे दावी छ । बुढाका अनुसार भौगोलिक हिसाबले विकट भइपनि पर्यटकिय, प्राकृतिक सुन्दरता, जडिबुटि, संस्कृतिको धनि डाेल्पाले करिडाेरबाट लाभ लिन सक्नेछ ।

चीनबाट धोसम्म करिब सडक निर्माण भइसकेको छ । दुनैदेखि धोसम्मको ५० किलोमिटर सडक निर्माण त्यति सहज छैन । चट्टानै चट्टानले बनेका ठूला पहाडका कारण निर्माण कार्यमा ढिलाइ हुने देखिन्छ । स्थानीयका अनुसार अहिले यो बाटो मान्छेलाई नै जीवन हत्केलामा राखेर यात्रा गर्नुपर्ने स्थानिय बताउँछन् ।
डोल्पा जडिबुटीको राजा भएकोले भेरी करिडोर अर्थात त्रिदेशीय मार्ग निर्माण भएपछि कर्णाली प्रदेश लगायत देशकै समृद्धिमा टेवा पुग्नेमा दुइमत छैन ।

- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -