spot_img

प्रहरीले सोधपुछ गरेर छोड्यो नेकपा बहुमतका संयोजक बास्तोलालाई

spot_img

दाङ, नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोला रिहाइ भएका छन्। बास्तोलालाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको हो। पोखराबाट नेपालगञ्ज जाने क्रममा बास्तोलासहित ३ जनालाई प्रहरीले दाङको भालुवाङबाट बिहीबार बिहान पक्राउ गरेको थियो। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङमा राखेको थियो।

सम्पर्कमा आउने गरी बास्तोलालाई नेता प्रकाश शाहीको जिम्मा लगाइएको एसपी सुरेश काफ्ले जानकारी दिए। उनले भने,’ बास्तोलाले चुनाव विथोल्ने आफ्नो पार्टीको नियत नभएको बताएपछि कागज गराएर विद्यार्थी नेता शाहीको जिम्मा लगाइएको हो।

प्रहरी हिरासतबाट छुटेपछि बास्तोलाले भने,’ प्रहरीले सामान्य सोधपुछ गरेर छाडिदियो।’केहि दिन अगाडि मात्र बास्तोलाले नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरेका छन्। बास्तोला सो पार्टीको संयोजक हुन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img