spot_img

कांग्रेसका वडाध्यक्ष उम्मेदवारमाथि खुकुरी प्रहार

spot_img

रामेछाप, रामेछापको उमाकुण्ड गाउँपालिका– ३ कुबुकास्थलीका कांग्रेस वडाध्यक्षका उम्मेदवार रमेशकुमार सुनुवारमाथि खुकुरी प्रहार भएको छ। गएराति सुनुवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन् ।

घटनास्थलबाट खुकुरी प्रहार गरेको अभियोगमा एमालेका कार्यकर्ता पवित्र सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि घाइते भएका उम्मेदवार सुनुवारको हाल स्थानीय बाम्ती अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको मौन अवधिमा कांग्रेस, एमाले र राप्रपाका नेता तथा कार्यकर्ता गाउँ घुम्ने क्रममा कुबुकास्थलीमा आपसी झगडा हुँदा कांग्रेसका उम्मेदवार सुनुवारलाई एक्कासि खुकुरी प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ ।घटनाको विषयमा स्थानीय तहका उम्मेदवारहरूलाई राखेर छलफल गरे तापनि छलफलमा निष्कर्ष निस्कन नसकेपछि उनीहरूलाई जिल्ला सदरमुकाम पठाउन लागिएको प्रहरी चौकी बाम्तीले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img