spot_img

दाङका ३ पालिकामा मतगणना सुरु

spot_img

 दाङ, दाङका तीनवटा पालिकामा मत गणना सुरु भएको छ ।लमही नगरपालिकामा आज बिहान ६ बजेबाट मतगणना सुरु भएको छ । एकैपटक तीन स्थानमा गणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । पहिलो चरणमा वडा नम्बर १, ५ र ९ को मतगणना हुनेछ । लमहीमा ७४.५८ प्रतिशत मत खसेको छ । कुल ३४ हजार ३८२ मतदाता रहेको लमहीमा २५ हजार ६४१ मत खसेको हो ।

त्यस्तै राप्ती गाउँपालिकामा गए राति १२ बजेदेखि नै मत गणना सुरु गरिएको छ । अहिले मत गणना जारी छ । राप्तीमा ३२ हजार ३२३ मध्ये २३ हजार ५१८ मत खसेको छ ।

त्यस्तै बबईमा गाउँपालिकामा पनि बिहान २ बजेदेखि मतगणना सुरु गरिएको छ । २२ हजार १४४ मतदाता मध्ये १५ हजार ४२४ मत खसेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img