spot_img

दैलेखमा चामुण्डाबिन्द्रासैनी–१ मा नेमकिपाले जित्यो वडाध्यक्ष

spot_img

सुर्खेत,  दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीले जितेको छ । कर्णाली प्रदेशमा नेपाल मजदुर किसान पार्टीले वडामा पहिलो खाता खोलेको हो ।नेमकिपाका उदय कामीले ३१७ मत ल्याउँदै वडाअध्यक्षमा निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पारेका थिए ।

शाहीले ३१३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका शेरबहादुर पुलामी मगरले ९५ मत ल्याएका छन् ।वडा नम्बर १ को महिला सदस्यमा पनि नेमकिपाकी लाली सारु मगर निर्वाचित भएकी छन् । उनले ३०७ मत ल्याएकी छिन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिकाको मेयर÷उपमेयरमा भने कांग्रेसले अग्रता कायमै राखेको छ । वडा नम्बर १ को १०९८ मत गन्दा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार गणेशकुमार शाहीले ४२८ मत ल्याएका छन् ।नेकपा एमालेका सूर्यबहादुर शाहीले २६७, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर शाहीले २५६, नेकपा एकीकृत समाजवादीका मनिषा कार्कीले २, माओवादी केन्द्रका जगदिश शाहीले ३५ र राप्रपाका जय भण्डारीले १ मत पाएका छन् ।

यस्तै उपमेयरमा कांग्रेसकी मनसरा कुमारी शर्माले ३६१, नेकपा एमालेका नन्दाकुमारी विष्टले ३०२, नेपाल मजदुर किसान पार्टीका राजकुमारी शाहीले २६६, नेकपा माओवादी केन्द्रका कमला थामी मगरले ४९ र नेकपा एकीकृत समाजवादी नमनकुमार शाही १ मत ल्याएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img