spot_img

डोल्पाको छार्काताङसोङमा निर्विरोध निर्वाचितलाई प्रमाण–पत्र प्रदान

spot_img

रुकुम पश्चिम, उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । निर्विरोध निर्वाचित भएकाहरुलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाण पत्र प्रदान गरेको हो ।यहाँ अध्यक्ष, उपाध्यक्ष र ६ वटै वडाध्यक्ष र सदस्य निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ, उपाध्यक्षमा एमालेका कर्मढुण्डुप गुरुङ निर्विरोध भएका छन् ।

१ नम्बर वडाको अध्यक्षमा एमालेका धावा लामा गुरुङ, २ नम्बर वडाको अध्यक्षमा कांग्रेसका टसि छोयल गुरुङ र ३ नम्बर वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका वाङजु गुरुङ निर्विरोध भएका छन् ।

४ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका खाम्सुङ रोकाय, ५ नम्बर वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सोनाम साङवो गुरुङ र ६ नम्बर वडाको अध्यक्षमा कार्मा तेन्जिङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।वडाका सदस्यमा पनि निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img