कास्की, पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ ।पोखरा महानगर पालिका वडा नम्बर १, २ र १२ को २४ सय मतगणनामा आचार्यले अग्रता लिनुभएको हो ।
एमालेका मेयर उम्मेदवार कृष्ण थापाले ८ सय ६ मत प्राप्त गर्नु भएको छ । राप्रपाका शङ्कर खरालले १ सय ४८, स्वतन्त्र गनेश पौडेलले ५२ मत प्राप्त गर्नु भएको छ ।पोखरा महानगरपालिकामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन् । अहिले १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।