कास्की, पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहनुभएको छ ।आचार्यले एक हजार पाँच सय ८५ मतसहित अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेका उम्मेदवार कृष्णा थापाले एक हजार चार सय ८० मतसहित पछ्याइरहनुभएको छ ।
यस्तै उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले एक हजार ६ सय ७६ मतसहित अग्रता लिइरहनुभएको छ । एमालेकी मन्जुदेवी गुरुङले एक हजार पाँच सय ३२ मत प्राप्त गर्नुभएको छ ।