spot_img

पुलकै दुर्दशा बनाउने ठेकेदारहरूलाई रेलमार्ग बनाउने जिम्मेवारी !

spot_img

काठमाडौं,सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ नभएसम्म ठेक्का लगाउन निषेध गरे पनि सरकारले इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो बिछ्याउन ठेक्का लगाउन हतार गरिरहेको छ ।

सार्वजनिक खरिद कानुनलाई तिलाञ्जली दिएर सरकारबाट ३३ अर्बको ठेक्का पाउन मिलेमतो गरिसकेका ‘भाग्यमानी’ तिनै ठेकेदार हुन् जसले पुल, सडक र सिँचाइको परियोजना अलपत्र पारेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।इनरुवाबाट झापाको काँकडभिट्टा जाने रेलको ठेक्का पाउने मिलेमतो गरिसकेका रवि सिंहको कम्पनीले प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको कन्काई नदीको पुल १० वर्षदेखि अलपत्र पारेको छ।

सात सय २४ मिटर लम्बाइको पुल समयमा बनाउन नसकेर अलपत्र पारेको सिंहकै कम्पनीले अर्को कम्पनी मैनाचुलीसँग मिलेर सरकारकै हस्तक्षेपमा इनरुवा–काँकडभिट्टा रेलमार्ग निर्माणमा पनि दुई अर्ब १० करोडको ठेक्का पाउँदै छ । रवि सिंह अहिले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष छन्। कन्काई नदीमा पुल बनाउन पप्पु कन्स्ट्रक्सनसँग मिलेर महादेव खिम्ती निर्माण सेवाले ठेक्का लिएको थियो । चार वर्षमा सकिनुपर्नेमा १० वर्षसम्म आधा पनि काम भएको छैन।

पूर्व झापा मात्र होइन, पश्चिम कञ्चनपुरमा पनि पुलको बिजोग छ । लुम्बिनी कन्स्ट्रक्सनले दोदा नदीको पुल अलपत्र पारेपछि स्थानीय बासिन्दा जोखिम मोलेर ट्युबमा यात्रा गर्न बाध्य छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img