अछाम, अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी ३ हजार ५२३ मतसहित विजयी भएका छन् ।निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाए । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका मन बहादुर वयकले ३ हजार ९१ मत पाएका छन् ।
उपाध्यक्षमा एमालेकै विमलाकुमारी शाही निर्वाचित भएकी छन् । उनले ३ हजार ५०१ मत पाएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी अनुजाकुमारी सिंजापतीले ३ हजार ४५२ मत पाइन् ।