काठमाडौं, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार मत कटाएका छन्। मंगलबार बिहानको गणनामा शाहले १० हजार २४१ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छन्।