काठमाडौँ, ललितपुरका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका–१० स्थित कालदेवी मावि मतदान केन्द्रमा खटिएका दुई जना मतदान अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको हो ।महालक्ष्मीकी मुख्य निर्वाचन अधिकृत शारदा फुयालले ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर विहीन भेटिएपछि सम्बन्धी निर्वाचन केन्द्रका अधिकृतलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिइन् ।
आइतबार १० वडाको मतगणना गर्ने क्रममा ४२ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि रोकिएको मतगणना प्रकृया पुनः सुचारु भएको थियो । उनले हस्ताक्षर नभएको मतपत्र बदर पनि गरिएको बताइन् । कारबाहीमा पर्ने अधिकृतको नाम भने उनले खुवाउन मानेनन् ।
महालक्ष्मी नगरपालिको मेयरमा माओवादी केन्द्रबाट शिव कट्टेल, एमालेबाट हरिगोविन्द श्रेष्ठबीच प्रतिस्पर्धा छ । उपमेयरमा एमालेकी विना सुवेदी र कांग्रेसका लक्ष्मी महर्जन प्रतिस्पर्धामा छन् ।रासस