spot_img

हेटौंडा उपमहानगरपालिकामा साढे ३३ हजार मतगणना सकिंदा एकिकृत समाजवादीलाई अग्रता, राप्रपा पछ्याउँदै

spot_img

हेटौंडा,हेटौंडा उपमहानगरपालिकामा ३३ हजार ५७८ मत गणना सकिंदा पहिलो स्थानमा गठबन्धनकातर्फबाट एकिकृत समाजबादीका मेयर उम्मेदवार मिनाकुमारी लामा अगाडि हुनुहुन्छ । उहाँले १० हजार ४ सय १० मत प्राप्त गर्नु भएको छ ।उहाँलाई पछ्याउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ९ हजार ९ सय २२ मत प्राप्त गर्नु भएको छ ।

हिजोसम्म फराकिलो मतान्तरबाट पछी परेका नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले मतअन्तरलाई साघुरो पार्दै लैजानु भएको छ । पौडेलले ९ हजार २५ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनकातर्फबाट उपमेयर पदका उम्मेदवार राजेश बानियाँले १५ हजार ४ सय ५५ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्लेले १० हजार ५ सय ८१ मत प्राप्त गर्नु भएको छ । यसैगरी राप्रपाका इन्दिरा न्यौपाने डल्लाकोटीले १ हजार ४ सय ४८ मत प्राप्त गर्नु भएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img