काठमाडाैँ, सुनको मूल्य आज ९ सय रुपैयाँले घटेको छ ।आज सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा ९६ हजार ७ सय रुपैयाँ थियो ।यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।तोलामा १० रुपैयाँले घटेर चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।