spot_img

रौतहटमा पुजारी हत्याकाे रहस्य मुल्याे, दुइजना पक्राउ

spot_img

काठमाडौं, पैसा लेनदेनमा विवाद भएपछि रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम साहको हत्या भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। पुजारी साहको हत्यामा संलग्‍न भएको अभियोगमा प्रहरीले रामनरेश पटेल र बालकुमार पटेललाई भारतबाट पक्राउ गरी ल्याएर सार्वजनिक गरेको छ। उनीहरु दुवैले प्रहरीलाई दिएको बयानमा पुजारीले ब्याजमा दिएको रकम लेनदेनमा विवाद भएपछि गोली हानेर हत्या गरेको स्वीकारेका प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताएका छन्। हत्यामा संलग्‍नमध्ये रामनरेश पटेलका बुवाले पुजारीसँग ब्याज तिर्ने गरी लिएको रकम तिर्ने कुरामा विवाद भएको थियो। पुजारीले रकम तिर्न दबाब दिएपछि यही भदौ ३ गते राति उनीहरुले खाना खाइरहेका पुजारी साहको गोली हानेर हत्या गरेका थिए।

पुजारी साह र हत्यामा संलग्‍न पटेलबीच यसअघि पनि गाउँमा मनमुटाव हुने गरेको थियो। पुजारीले गाउँमा हुने गरेका छलफलका क्रममा असहमति जनाइँदिँदा हत्यामा संलग्‍न समूह रुष्ट बनेको खुलेको छ। घटनामा संलग्‍नमध्ये रामनरेश र बालकुमारलाई प्रहरीले फरार भएर भारतको बिहार राज्यमा पुगेको अवस्थामा पक्राउ गरेर नेपाल ल्याएको हो। पुजारीको हत्या भएपछि रौतहटकै देवाही गोदाही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शेख नरुल्लाह, राजेन्द्र पटेल, कहिल पटेल र रामप्रवेश पटेल अझै फरार रहेका छन्।

पुजारीको हत्यापछि प्रहरीले अनुसन्धान गरेर अपराधी पत्ता लगाउन नसकेको भन्दै हिन्दुवादी संगठनसहितले चर्को आलोचना गर्दै आएका थिए। प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीको अनुसन्धानबाट पक्राउ पर्न सफल दुवैजनाविरुद्ध जिल्ला अदालत गौरमा १० दिन म्याद लिएर अनुसन्धान भइरहेको सिंहले बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img