spot_img

कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा माओवादीका उपाध्याय निर्वाचित

spot_img

धनगढी, कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली काँग्रेसले विजय हासिल गरेका छन् । माओवादी केन्द्रका देवीदत्त उपाध्याय तीन हजार १३४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका धरमबहादुर थापाले दुई हजार ७१५ मत पाए ।

थापा ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवारसँग पराजित भएका थिए । एमाले प्रवेश गरेर अध्यक्षको टीकट पाएका थापा यस पटक पनि पराजित भएका हुन् ।

उपाध्यक्षमा काँग्रेसका उम्मेदवार कमलबहादुर साउँद तीन हजार ३३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका सरस्वतीदेवी रावल बिष्टले दुई हजार ३०३ मत प्राप्त गरिन् । मोहन्याल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनबीच तालमेल भएको थियो । वडामा भने दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।मोहन्यालका सातवटा वडामध्ये काँग्रेसले चार, माओवादीले दुई र एमालेले एउटा वडामा अध्यक्षमा विजय हासिल गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img