spot_img

दाङको घोराही उपमहानगर, गठबन्धनलाई हराउँदै एमाले विजयी

spot_img

दाङ, दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा विजयी भएका एमालेका नरुलाल चौधरीले यस पटक पनि आफ्नो सिट सुरक्षित राख्न सफल भए। उनले ३१ हजार सात सय २८ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा‘डायमण्ड’ले २६ हजार तीन सय ६८ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर पाँच हजार तीन सय ६० छ ।

त्यस्तै उपमेयरमा एमालेकै हुमा डीसी विजयी भएकी छिन् । डिसीले गठबन्धनको तर्फबाट कांग्रेसका भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भएकी हुन् । डीसीले ३० हजार चार सय तीन मत प्राप्त गरेकी थिइन्, भने डाँगीले ३० हजार पाँच सय ५४ मत प्राप्त गरेका थिए। डाँगी २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट घोराहीको मेयरमा उम्मेदवार थिए । त्यतिबेला एमालेका नरुलाल चौधरीका निकटम प्रतिद्वन्दी थिए। अहिले गठबन्धनपछि उनी घोराहीको उपमेयरको उम्मेदवार बनेका थिए ।

१९ वडा रहेको घोराहीमा एमालेले १३ वटा वडामा जित निकाल्न सफल भएको छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, १४, १७, १८ मा जित निकाल्न सफल भएको हो। त्यस्तै माओवादी केन्द्रले वडा नं. ९ मा मात्र जित निकालेको छ। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले ३ वटा वडामा जित्न सफल भएको थियो । त्यस्तै कांग्रेसले ५ वटा वडामा जित निकाल्न सफल भएको छ। कांग्रसले वडा नं १०, १३, १५, १६ र १९ नं वडामा जित निकाल्न सफल भएको हो। घोराहीमा सत्तापक्ष गठबन्धन थियो । जसमा मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसको भागमा थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img