चितवन, भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,२१४ मतको अग्रता कायम गरेकी छन् । कुल ४२,४५३ मतगणना गर्दा दाहालले १६,१२३ मत पाएकी हुन् ।
यस्तै एमालेका विजय सुवेदीले १२,९०९ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,६४७ मत पाएकी छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् ।