spot_img

बझाङ केदारस्युँ गाउँपालिकाको अध्यक्षमा समाजवादीका बोहरा विजयी

spot_img

बझाङ,  केदारस्युँ गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका गणेशबहादुर बोहरा विजयी भएका छन् । नेकपा एमालेका लोकेशबहादुर भण्डारीलाई १ हजार ९ सय १३ मतलेपछि पार्दै बोहरा विजयी भएका हुन् ।अध्यक्ष बोहराले ४ हजार ३२१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी भण्डारीले २ हजार ४०८ मत पाएका छन् । अध्यक्षमा विजयी भएका बोहरा यसअघि वडा नम्बर ८ का वडाअध्यक्ष हुन् । हालसम्म सुदूरपश्चिम प्रदेशभरी एकीकृत समाजवादीबाट जित्ने बोहरा एकमात्रै पालिका प्रमुख हुन् ।

यस्तै, पालिकाको उपाध्यक्षमा ३ हजार ९३१ मतसहित नेपाली कांग्रेसकी मनिषा धामी विजयी भएकी छन् । उनी एमालेकी नारा गुर्धामीलाई १ हजार ७८२ मत अन्तरले पार्दै विजयी भएकी हुन् । गुर्धामीले २ हजार १४९ मत प्राप्त गरेकी छन् । विजयी भएका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सम्मिलित चुनावी गठबन्धनको समर्थन रहेको थियो ।

९ वटा वडा रहेको यस पालिकाको वडा नम्बर एकमा नेपाली कांग्रेसका वीरबहादुर भण्डारी, दुईमा एकीकृत समाजवादीका शेरबहादुर विष्ट, तीनमा समाजवादीकै वीरबहादुर खाती विजयी भएका छन् ।त्यस्तै, चार नम्बर वडामा एमालेका कल्यान मल्ल र पाँचमा मोहन ठगुन्ना, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका विजय धामी र वडा नम्बर ७ मा स्वतन्त्र उम्मेदवार चन्द्र धामी, वडा नम्बर ८ मा एकीकृत समाजवादीका सुरेश जेठारा र वडा नम्बर ९ मा कांग्रेसका नन्दलाल बोहरा विजय भएको निर्वाचन अधिकृतको कार्यालय केदारस्युँले जानकारी दिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img