काठमाडौँ, काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले झण्डै २८ हजार मत ल्याएछन्। साहले सुरुदेखि नै निरन्तर अग्रता कायम राखेका छन्।
शुक्रबार बिहानसम्ममा बालेन्द्रले २७ हजार ९६७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ७८२ मत प्राप्त गरेका छन्। बालेन्द्र स्थापितलाई १३ हजार १८५ मतले लिड गरिरहेका छन्।
गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले १४ हजार ४३९ मत प्राप्त गरेकी छन्। अहिले ९ वटा वडाको मतगणना भइरहेको छ।