spot_img

स्थानीय तह निर्वाचन २०७९ःडाेल्पामा पहिले भन्दा एमाले खस्कियाे,कांग्रेस विरासत फर्काउँदै र माओवादीकाे बढ्दाे ग्राफ,ठुला नेताहरूकाे वडामै पार्टी पराजित

spot_img

वडामा एमाले पहिलाे,माओवादी दाेस्राे,कांग्रेस तेस्राे

रूपक कुलाल,डाेल्पा

स्थानीय तह निर्वाचन २०७९ डाेल्पाकाे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेकाे छ । २०७४ मा भएकाे स्थानीय तहकाे निर्वाचनमा आएकाे भन्दा धेरै नतिजा तलमाथि परेकाे छ । गत चुनावमा नेकपा एमाले २ स्वतन्त्र सहित ६ पालिका जितेकाे एमाले जिल्लामै बलियाे पार्टी बनेकाे थियाे यस्तै माओवादीले जगदुल्ला र मुड्केचुला गरि २ पालिका जितेकाे थियाे । मुड्केचुलामा उपाध्यक्ष सहित बहुमत वडा अध्यक्षमा एमाले विजयी भएकाे थियाे । कांग्रेस जिल्लामा शुन्य नेतृत्वमा थियाे ।

तर अहिले अवस्था परिवर्तन भएकाे थियाे । डाेल्पाका ८ वटा स्थानीय तहमध्ये भरखरै सम्पन्न स्थानीयतह निर्वाचनमा नेकपा एमाले ६ बाट खुम्चिएर शे फाेक्सुण्डाे र त्रिपुरासुन्दरी नगरपालिका गरि २ पालिकामा मात्रै विजय भएकाे छ । एकिकृत समाजवादी पनि काइके र छार्काताङसाेङ २ पालिकामा निर्विराेध अध्यक्ष पाएकाे छ । माओवादीले मुड्केचुलामा एमालेलाइ पन्छाउँदै पालिका अध्यक्ष र उपाअध्यक्ष सहित १ वडा बाहेक सबै वडामा जित हाशिल गरेकाे छ भने जगदुल्लामा पनि अध्यक्ष र उपाअध्यक्ष माओवादीले जितेकाे छ । कांग्रेसले सदरमुकाम दुनैमा पर्ने ठुलीभेरी नगरपालिका मेयर र उपमेयर सहित केहि वडा जितेर डाेल्पामा कांग्रेसकाे विरासत अझै बाँकी नै रहेकाे सन्देश दिएकाे छ । डाेल्पाेबुद्द स्वतन्त्र उम्मेदवार अध्यक्ष निर्वाचित  र समाजवादी उपाअध्यक्ष निर्विराेध छन् । १,३ वडामा माओवादी प्यानल विजयी भएकाे छ भने अन्य वडामा स्वतन्त्र बढि छन् ।

स्थानीय तह नेतृत्वमा १ स्वतन्त्र बाहेक सबै दल २,२ वटा जितेर बराबर जस्ताे देखिन्छन् । वडामा हेर्ने हाे भने एमाले बलियाे देखिन्छ शे फाेक्सुण्डाेका सबै वडा अध्यक्ष जाेड्ने हाे भने २५ वडा सहित एमाले पहिलाे स्थानमा र १९ वडा सहित माओवादी दाेस्राे स्थानमा छन् । कांग्रेस १२ भन्दा बढि वडा सहित कांग्रेस तेस्राे स्थानमा छ । तर उपल्लाे डाेल्पामा कांग्रेस,एमाले र समाजवादीले भागवण्डा लगाएर निर्विराेध बनाएकाेले कसकाे कति वडा एकिन डाटा भने छैन ।

ठुला नेताहरूकाे वडामै पार्टी पराजित

स्थानीय तह निर्वाचन २०७९ मा विभिन्न पार्टीका केन्द्रय र ठुला नेताहरूकाे वडामै पार्टी पराजित भएकाे छ । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पदमी क्वारी बोहराकाे वडामा माओवादी केन्द्र विजयी भएकाे छ । यस्तै समाजवादी पार्टीका पाेलिटव्युराे सदस्य हंशवहादुर शाहीकाे वडा र जिल्ला अध्यक्ष नन्दसिंह बुढाकाे वडामा एमाले विजयी भएकाे छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामलाल विक शिखरकाे वडामा पनि एमाले विजयी भएकाे छ । ठुला नेताहरू भटाभट वडामा पराजय भएपछि उनीहरूमा नैतिक प्रश्न समेत उठेकाे छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img